काठमाडौंको गोँगबुमा शुटकेशमा भेटियो टाउको नभएको शब


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ साउन

आज काठमाडौंमा टाउको नभएको एउटा शब सुटकेशमा भेटिएको छ । गोंगबुस्थित गणेशस्थान नजिक एक जनाको विभत्स शव सुटकेश भित्र भेटिएको प्रहरीले जनाएको छ । सो शबको टाउको मुनीको भाग मात्र सुटकेसभित्र राखिएको विभत्स अबस्थामा भेटिएको हो । शबको टाउको भने सुटेकश रेको स्थानबाट तीन सय मिटर टाढा भेटिएको छ ।

घटनास्थलमा   काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । प्रहरीले शबलाई सँकलन गर्दै मुचुल्का उठाएको छ । प्रहरीले शवको पहिचान गर्न विशेष तालिमप्राप्त कुकरसमेत परिचालन गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।