आज ४६४ सँक्रमित , कोरोनाबाट थप ५ को मृत्यु 


ब्युटी न्युज नेपाल

काठमाडौं, २३ साउन, 

नेपालमा आज शुक्रबार ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण  देखिएको छ । पछिल्लो २४ घन्टामा ४६४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । देशभरका प्रयोगशालामा ७ हजार ९२६ नमुना परीक्षण गर्दा ४६४ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार २१४ जना पुगेको छ ।

सँक्रमित ह्वात्तै बढे काठमाडौंमा 

डा. गौतमका अनुसार काठमाडौंमा सँक्रमित बढेको छन् । उनले काठमाडौंका ८८ जनामा कोरोना सँक्रमण देखिएको बताए । सबैभन्दा बढी त पर्सामा सँक्रमित बढेका छन् । पर्साका १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मोरङका ६४, बाँकेका २९, सप्तरीका २९, कैलालीका १८, बर्दियाका १५, सर्लाहीका १२, धनुषा र कास्कीका ११र११, ललितपुरका १० र बाराका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि डा. गौतमले बताए ।

इ यसैगरी नुवाकोटका ८, रौतहटका ५, भक्तपुर, नवलपरासी र कालीकोटका ४र४ जना, झापा र तनहुँका २र२ तथा सुनसरी, सिन्धुपाल्चोक, नवलपुर, गुल्मी, स्याङ्जा, अछाम, सुर्खेत, कञ्चनपुरका १र१ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि उनले बताए ।  यस्तै १५ हजार ८१४ जना निको भएका छन् ।

मृतक ७० पुगे 

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा ५ जनाको निधन भएको पनि डा। गौतमले बताए । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट ७० जनाको मृत्यु भईसकेको छ ।