आज ३९० मा सँक्रमण, कोरोनाबाट ५ जनाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ साउन

नेपालमा कोरोना सँक्रमण फेरी बढेको छ । यसबाट मृत्यु हुनेको सँख्या पनि दिनानुदिन बढेको छ । आज बिहिबार पनि नेपालमा ३९० जनामा कोरोना सँक्रमण देखिएको हो । पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न ल्याबमा गरिएको कोरोना परिक्षणमा ३९० जनामा सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४/२४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४/४ जना संक्रमित भेटिएका डा. गौतमले बताएका छन् ।

महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३/३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २/२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १/१ जना संक्रमित भेटिएका डा. गौतमले बताएका छन् ।

यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या २१ हजार ७५० जना पुगेको छ । यस्तै काठमाडौंमा पनि कोरोनाको सक्रिय सँक्रमित ५०० नाघेको डा. गौतमले बताएका छन् ।

हालसम्म १५ हजार ३९९ जना कोरोना मुक्त भएर घर फर्किसकेको पनि डा. गौतमले बताए । यस्तै आज मुलुकभरका क्वारेन्टाईन सेन्टरमा ९ हजार ४७० रहेको पनि डा. गौतमले बताए । उनका अनुसार आज मुलुक भरका विभिन्न आईसोलेसन सेन्टरमा ६हजार २९६ जना आईसोलेसन सेन्टरमा छन् ।

यस्तै कोरोना सँक्रमणबाट पछिल्लो २४ घन्टामा ५ जनाको निधन भएको पनि डा. गौतमले बताए । योसँगै नेपालमा हालसम्म कोरोना सँक्रमणबाट ६५ जनाको मृत्यु भईसकेको छ ।