दयाहाङ र रेबिकाले पूर्ण र मेलिनाको गीत लगाए ठुम्का


ब्युटी न्युज नेपाल
काठमाडौ, २० साउन

अभिनेता दयाहाङ राई यतीबेला एकपछि अर्को गर्दै म्युजिक भिडियोमा देखा परेका छन् । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । उनी यही कारण घरमा बस्नु परेको छ ।

चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । यही क्रममा आफु पनि म्युजिक भिडियोमा क्रियशिल भएको उनले बताए । लकडाउन खुलेपछि दयाहाङ अभिनित तेश्रो म्युजिक भिडियो आइतवार गोदावरीमा छायांकन सम्पन्न भएको छ ।

समाजसेवी तथा गायक पूर्ण लिम्बु र मेलिना राईको स्वरमा रहेको गीतमा दयाहाङ र रेबिका गुरुङको अभिनय गरेको रहेको छ । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोलाई सुदिप बरालले छायांकन गरेका छन् ।
उक्त गीतमा प्रेमकृष्ण बजगाईको शब्द तथा सांगेत रहेको छ । उक्त गीतको भिडियो बिजया दशमीको अवसरमा सार्वजनिक गरिने निर्देशक चाम्सले बताए ।