आज ३११ मा कोरोना, कुल सँक्रमित १९ हजार नाघे


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ साउन

नेपालमा आज मँगलबार ३११ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ३११ जनामा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कुल सँख्या १९ हजार ६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १३ हजार ८७५ पुगेको छ ।

यतीबेला देशका विभिन्न आईसोलेसनमा ५ हजार १२९ जना उपचारमा रहेको उनले छ । १५ हजार ३३१ जना अहिले क्वारेन्टाईनमा छन् ।

आज सङ्खुवासभा, भोजपुर, रसुवा, मनाङ र मुस्ताङमा कोरोनाका सक्रिय सङ्क्रमित नरहेको पनि डा. गौतमले बताए ।

नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको पनि उनले बताए । कोरोना सँक्रमणबाट थप एक जनाको मृत्युसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको सँख्या ४९ पुगेको हो । शुक्रबार मृत्यु भएका बुङ्गल नगरपालिका–३ बझाङका ६५ वर्षीय वृद्धको सोमबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको हो । असार २४ गते भारतको बैंग्लोरबाट आएका उनी १४ दिन क्वारेन्टिनमा बसेर साउन ६ गते घर गएका थिए ।