नेपालमा आज १६७ जनामा कोरोना, कुल सँक्रमित १७३४४


ब्युटी न्युज नेपाल
काठमाडौं, १ साउन,

आज बिहिबार मुलुकमा १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १६७ जनामा कोरोना सँक्रमण पुटी भएको छ । ४ हजार ९८१ जनाको नमुना परीक्षण गर्दा १६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

डा. गौतमका अनुसार सबैभन्दा धेरै धनुषामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुरका १७, ओखलढुंगाका १५, कैलाली र कञ्चनपुरका १४र१४ जना, बाँके र डडेलधुराका ८र८ जना, इलाम र दैलेखका ६र६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी झापा, सुनसरी र अछामका ४र४ जना, मोरङ, मकवानपुर र सुर्खेतका ३र३ जना, पर्सा, बाग्लुङ, सल्यान र जाजरकोटका २र२ जना तथा काठमाडौं, उदयपुर, बारा, स्याङ्जा, रुपन्देही, प्युठान, बर्दिया, दाङ, रुकुम पश्चिम, मुगु र बझाङमा १ र १ जनामा कोरोना सँक्रमण देखिएको पनि डा.गौतमले बताए ।

गौतमका अनुसार योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २१३ जना कोरोनालाई जितेर डिस्चार्ज भएको छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेको सँख्या ११ हजार २४९ जना पुगेको पनि डा. गौतमले बताए । सँक्रमित मध्ये हालसम्म ३९ जनाको मृत्यु भएको छ ।