दीपाश्रीलाई माफ गरिदिन राजेशको दर्शकलाई आग्रह


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

अभिनेता राजेश हमालले आफु र दीपाश्री निरौलाबीचको समस्यालाई किनारा लगाउने प्रयास आफैंले थालेका छन् । अभिनेता हमालले सामाजिक सञ्जाल फेसबुकमा मँगलबार अबेरराती एउटा भिडियो पोष्ट गर्दै अभिनेत्री दीपाश्री निरौलामाथि अहिले निरन्तर भईरहेको गालीगजौलप्रति दुःख व्यक्त गरेका छन् । करिब ८ मिनट लामो भिडियोमा उनले दर्शकलाई अब आफुहरु फराकिलो भएर सकरात्म भएर मानवताको लागि यस्तो नगर्न अनुरोध गरेका छन् ।

आफुलाई दर्शक देखि सिनेकर्मीसम्मले निरन्तर गाली गरेपछि अभिनेत्री एवम् निर्देशक दीपाश्री निरौलले राजेश हमालसँग माफी मागिसकेकी छिन् । दीपकराज गिरी र दीपाश्री निरौलले आफुहरुमाथि निरन्तर आएको गालीलाई रोक्नको लागि अभिनेता राजेश हमाललाई केही बोलिदिन मँगलबार मात्र अनुरोध गरेका थिए । दीपमाथि भएको गाली गजौल रोक्न अरु सिनेकर्मीदेखि शुभचिन्तकसम्मले अभिनेता हमाललाई अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा अभिनेता हमालले फेसुबकमा एउटा भिडियो पोष्ट गर्दै अब दीपाश्रीलाई गाली नगर्न र क्षमा दिन अनुरोध गरेका हुन् ।

कोरोना सँक्रमणका कारण थलिएको कला क्षेत्र पछिल्लो समय अझ विवादमा परेको भन्दै अभिनेता हमालले दुःख व्यक्त गरेका छन् । अब दर्शकलाई सकरात्मक हुन र दीपाश्रीलाई क्षमा गर्न पनि हमालले अनुरोध गरेका छन् । दीपालाई सहजरुपमा आफ्नो सृजना पस्कन प्रेरण दिन पनि हमालले अनुरोध गरेका छन् । अब भने राजेश हमालका फ्यान देखि देखि उनी पक्षका सिनेकर्मीसम्मले दीपाश्रीलाई गाली नगर्लान भन्ने विश्वास गरिएको छ ।

दुई दिन अघि ट्विट गर्दै अभिनेता हमालले दीपालाई क्षमा दिन आग्रह गरेका थिए । तर ट्विट त्यत प्रभावशाली नदेखिएपछि उनले फेसबुकमा भिडियो नै पोष्ट गरेर दीपालाई क्षमादिन आफ्नो तर्फबाट दर्शकलाई आग्रह गरेका हुन् ।