आफ्नै संगीत शब्दयुक्त फोटा फिरिममा शिशिरको मार्मिक अभिनय


ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार

गायक प्रकाशदासको नयाँ गीत फोटो फिरिममा…को भिडियोलाई युट्युवबाट सार्वजनिक गरिएको छ । पछिल्लो पुस्ताका मनपराईएका गायक प्रताप दासको यो गीत निके कर्णप्रिय बनेको छ । गीतमा महिला स्वरमा नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालले साथ दिएकी थिइन् । यस अघि रचनाको स्वरमा रहेको यो गीतको भिडियोलाई युट्युबमा ४८ लाख भन्दा बढी पटक हेरिएको छ।

त्यही गीतलाई अहिले प्रतावदासको स्वरमा फेरी रिलिज गरिएको हो । यो गीतलाई सञ्चारकर्मी कलाकार शिशिर भण्डारीले लेखेका हुन। यसमा संगीत पनि भण्डारीकै रहेको छ । सर्जक भण्डारीले यो गीतको भिडियोमा त्यतिकै प्रभावशाली अभिनय गरेका छन् । प्रेममा धोका खाएर मानसिक सन्तुलन गुमाएको युवाको भूमिकामा उनी छन् । यसमा शिशिर भण्डारीसँगै रिस्ता बस्नेत, निक शर्मा, श्रद्धा गौतम, नीरआयु गौतम र निर्मल न्यौपानेको अभिनय रहेको छ ।

भिडियोमा कथा तथा परिकल्पना शिशिर भण्डारीकै रहेको छ। अनिल के मानन्धरले खिचेको भिडियोलाई प्रबिन भट्टले सम्पादन गरेका छन् भने रंग संयोजन दिन्सन शाहले गरेका छन् । यो भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन् । भिडियोलाई नयाँ नयाँ न्युज नेपाल च्यालनबाट रिलिज गरिएको छ ।