आज११६ जनामा कोरोना, नेपालमा कुल सँक्रमित १७ हजार नाघे 


ब्युटी न्युज नेपाल

काठमाडौं, ३० असार, 

आज मँगलबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मँगलबार नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा नेपालमा ११६ जना कोरोना सँक्रमित थपिएको बताए ।

आज स‌ंक्रमण पुष्टि हुनेमा धनुषाका २१ जना, महोत्तरीका १९ जना, अछामका १४ जना, दैलेखका ६ जना, दाङ र कैलालीका ५/५ जना, पाल्पा र जुम्लाका ४/४ जना रहेका छन् ।त्यस्तै धनकुटा, प्युठान, रोल्पा र अर्घाखाँचीमा ३/३ जना र इलाम, पर्सा, काभ्रे, नवलपरासी पूर्व, काठमाडौं र गोरखामा २/२ जना संक्रमित भेटिएका छन् ।झापा, सिरहा, सुनसरी, तेह्रथुम, रौतहट, नुवाकोट, ओखलढुंगा, सिन्धुली, पाल्पा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा १/१ जना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सँक्रमण निको भएर ३४ जना डिस्चार्ज भएको पनि डा. गौतमले बताए । आजसम्म नेपालमा कोरोनाबाट मुक्त भएर डिस्चार्ज हुनेको संख्या १० हजार ३२८ पुगेको छ ।

यस्तै देशभरका क्वारेन्टाईनमा २४ हजार ७१६ जना अहिले रहेका छन् ।  यतीबेला मुलुकका विभिन्न स्थानमा ६ हजार ६९५ जना संक्रमितहरु विभिन्न आइसोलेनसनमा उपचाररत रहेको पनि डा. गौतमले बताए ।