अरुण थापाको भूमिकामा प्रदीप खड्का चयन गर्दा मगर चलचित्रकर्मीकै विरोध


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ असार

निर्देशक दिनेश राउतले दिवँगत गायक अरुण थापा (मगर)को जीबनीमा फिल्म बनाउने तयारी गरिरहेका छन् । यो फिल्मको स्कृप्ट लेख्ने कार्य लगभग अन्तिम चरणमा पुगेको छ । समय प्रतिकुल हुनासाथ उनले भदौबाटै यो फिल्मको छायाँकन गर्ने तयारी गरिहेका छन् ।

यो फिल्ममा अरुण थापाको भूमिकामा अभिनेता प्रदीप खड्कालाई राख्ने तयारीमा दिनेश राउत छन् । प्रदीपलाई पनि अरुण थापाको निकै कारुणिक र बियोगान्त भूमिका मन परेको छ । त्यसैले उनी यो फिल्ममा खेल्न तयार छन् ।
गायक अरुण थापाको जीवनीमा फिल्म बन्ने समाचारले यी गायकका प्रसँसकहरु खुसी छन् । तर अरुण थापाको भूमिकामा अभिनेता प्रदीपलाई राखिएकोमा मगर चलचित्रकर्मी तथा मगरसम्बन्धि विभिन्न संघ संस्थाका पदाधिकारीहरुले बिरोध सुरु गरेका छन् ।

यसै क्रममा आदिबासीहरुको फिल्मीसँस्था इन्डिजिनियस फिल्म एसोसिएसन (आईएफए)का उपाध्यक्ष तथा आदिबासी चलचित्रकर्मी सँजोग लाफा मागरले अरुण थापाको बायोपिक फिल्ममा प्रदीप कार्कीलाई राख्न लागेकोमा बिरोध गरेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्,‘गायक अरुण थापा मगरको जिवनीमा चलचित्र निर्माण गर्ने समाचारले मनमा खुशिको तरङग दौडियो । अरुण थापा मगरको भूमिकामा प्रदिप खडका रहने भनेपछी चलचित्रलाई सतही रुपमा हेरिएको रहेछ भन्ने महसुस गरें । पहिलो गाँसमा ढुँगा भनेझैं मङ्गोल अनुहारको अरुण थापा मगर आर्यन अनुहारको प्रदिप खडका ! आकाश पातालको फरक । बायोपिक चलचित्रमा जिवन्तको लागि कलाकार छनौट महत्वपुर्ण हो । यस्तो दुर्भाग्य निर्णय पक्कै पनि निर्देशक दिनेश राउतजीले गर्ने छैनन ।’

सँयोगले लेखेका छन्,‘२५ बर्ष अघि युवराज लामा दाइले सुम्निमा चलचित्रमा मनिषा कोइरालाजीलाई सुम्निमाको भूमिकामा राखेर चलचित्र निर्माण गर्ने घोषणा गरेपछी चौतर्फी बिरोध भएको थियो । मिसकास्टिङ गलत भूमिकाको कारणले त्यो फिल्म बन्न सकेन ।’

प्रदर्शनको समयमा वा अन्य दिन चलचित्रको बिरोध भएमा सम्पुर्ण क्षति निर्माताको हुने भएकोले धेरै सोचबिचारका साथ चलचित्र निर्माण गर्न हार्दिक अनुरोध गर्दछु भन्दै सँजोगले अपिल गरेका छन् । अरुण थापा मगरसंग प्रत्यक्ष सरोकार राख्ने उहाँको परिवार, सालिक निर्माण समिति, प्रतिष्ठान, नेपाल मगर संघ भएकोले उनले गम्भिर ध्यान आकर्षण गराउन चाहन्छु भनेका छन् । अरु पनि केही मगर चलचित्रकर्मी तथा मगरश्रष्टाहरुले यो कार्यको अहिले नै विरोध गरेका छन् । यो बिषयमा दिनेश राउतको भने कुनै पनि प्रतिक्रिया आएको छैन ।