आज २९३ जनामा कोरोना, सँक्रमित १५७८४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार

नेपालमा आज २९३ जनामा कोरोना सँक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा २९३ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आईतबार पत्रकार भेटघाटका क्रममा बताए ।

प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११ जना छन् ।

डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तपुर, सल्यान, इलाम, म्याग्दी, धादिङ, बाग्लुङ, लजजुङ, गोरखा, नवलपरासी, स्याङ्जा र अछाममा एक/एक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

उनका अनुसार यो सँगै नेपालम कोरोना सँक्रमितको सँख्या १५ हजार ७८४ पुगेको छ । पछिल्लो २४ घन्टामा १३२ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा ६ हजार ५४७ डिस्चार्ज भएका छन् ।

यस्तै यतीबेला देशभरका क्वारेन्टाईनमा ३१ हजार ५७३ जना र विभिन्न अस्पतालमा उपचारका क्रममा ९ हजार २०३ जना आईसोलेसशनमा रहेका छन् ।

यस्तै महोत्तरी, रौतहट, पाल्पा, अक्षाम, कैलाली र बाजुरा जिल्लाहरुमा ५ सय जना भन्दा बढी कोरोना सँक्रमितको उपचार भईरहेको पनि डा. गौतमले बताएका छन् ।