११ कक्षाको पनि परीक्षा नहुने, मूल्याँकनबाटै रिजल्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ असार,

एसईईको अन्तिम परिक्षा रद्ध गरेको राष्ट्रिय परीक्षा बोडले यस यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा पनि नलिने भएको छ । नेपाल सरकारले यो परीक्षा गत २१ वैशाख २१ गतेबाट गर्ने तयारी गरेको थियो । चैतको पहिलो साताबाटै मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को सँक्रमण बढेपछि सरकारल लकडाउन गर्यो । जसका कारण परीक्षा हुन सकेन ।

त्यति बेलाबाट रोकिएको यो परीक्षा अब नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने निर्णय सकारले गरेको छ । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।