नाताबादका आरोप खेपेका यी आठ अभिनेता अभिनेत्री


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, ९ असार

गतसाता बलिउड अभिनेता शुसान्त सिंह राजपुतले आत्महत्या गरेपछि नाताबाद, कृपाबाद, भजिताबाददेखि समुहबादसम्मको बहसले चर्चा पाएको छ । । सोही कारण यतीबेला बलिउड देखि नेपाली चलचित्र उधोगमा समेत नाताबाद, कृपाबाद अर्थात नेपोटिजमको चर्चा चलिरहेको छ । यसै क्रममा नेपाली चलचित्र उधोगमा पनि नाताबाद कृपाबाद नभएको हैन । तर बलिउडजस्तो चर्को नाताबाद यहाँ नभएको एकथरीले दाबी गरेका छन् । यता अभिनेत्री वर्षा शिवाकोटी, नम्रता सापकोटा र निता ढुँगानाले यहाँ चर्को नाताबाद भएको बताईरहेका छन् । यहाँ नाताबाद भन्दा ठुलो त गुटबन्दी अर्थात ग्रुपिजम रहेको छ । जसलाई हामी समुहबाट पनि भन्छौं ।

नेपाली चलचित्र उधोग दोश्रो पुष्तामा प्रवेश गरिसकेको छ । अहिले चर्चामा रहेका अभिनेता अभिनेत्रीहरु अनमोल केसी, सलोन बस्नेत, गौरव पहारी, सँजोग कोईराला, सँयम पुरी, सुहाना थापादेखि धेरै कलाकार दोश्रो पुस्ताका हुन् । नेपाली चलचित्रमा उनीहरुको आगमनसँगै नेपाली चलचित्र उधोगमा नाताबाद कृपाबाद फस्टाएको, यी कलाकारमात्र फिल्ममा हाबी भएको आरोप छ । तर यी कलाकारहरुले आफुहरुले अभिभावकको मार्ग अपनाएको बताएका छन् । नेपाली चलचित्र उधोगमा २०४० को दशकबाट नाताबादको सुरुवात भएको हो । त्यो भन्दा अघि वर्षमा दुई, चार ओटा मात्र चलचित्र निर्माण हुने भएकाले नाताबादको त्यतिधेरै हामी थिएन । तर २०४० को दशकबाट चलचित्र निर्माणको क्रम फस्टाएपछि नातबाद कृपाबाद बढेको हो । आफ्ना अभिभावकसँगै चलचित्रमा अघि बढेका ‘स्टार किडहरु’लाई अहिले नाताबादको आरोप लागेको छ । आफ्ना बुबा, आमा तथा आफन्तको पद पहिल्याउँदै अघि बढेको आठ कलाकारको यहाँ चर्चा गरिएको छ –

राजेश हमाल

नेपाली चलचित्र उधोगमा नाताबादबाटै आएका एक होनहार अभिनेता राजेश हमाल हुन् । राजेश हमाल नेपाली चलचित्रमा आउनुमा नाताबाद नै हो । उनी नाताबादबाट नेपाली चलचित्रबृत्तमा आए पनि आफुमा भएको प्रतिभाका कारण यो क्षेत्रमा स्थापित भए । एकपछि अर्को हिट फिल्म दिन थालेपछि नेपाली चलचित्रका निर्माता निर्देशकहरु पछिल्लो दुई दशकसम्म राजेश हमालकै पछाडी लागे । अभिनेता राजेश हमाललाई उनका मामा दिपक रायमाझीले नेपाली चलचित्र उधोगमा ल्याएका हुन् । नेपाली चलचित्रमा आउनु अघि राजेश हमाल भारतमा मोडलिङ गर्थे । २०४५ सालमा उनले पहिलोपल्ट चलचित्र भाग्यरेखामा अभिनय गराए । छायाँकन भएका चार दिनमै राजेशले यो फिल्म छाडे । पछिफेरी अर्को फिल्म युगदेखि युगसम्ममा मामा दीपक रायमाझीले राजेश हमाललाई नायकको रुपमा दिए । अभिनेता राजेशको रिलिज भएको पहिलो चलचित्र युग देखि युगसम्म सुपरहिट भएपछि उनले लगातार फिल्म पाए । त्यसपछि उनलाई मामाको साथ लिनु परेन । यसरी नाताबादकै नेपाली चलचित्र उधोगलाई नायकको रुपमा राजेश हमाललाई पाएको हो । सुरुमा नाताबादबाट चलचित्रमा प्रवेश गरेका भए पनि त्यसपछि आफ्नो व्यक्तित्व र अभिनय क्षमताले राजेश हमालले नेपाली चलचित्र उधोगमा अढाई दशकसम्म एकछत्र राज गरे ।

अनमोल केसी

 

अभिनेता अनमोल केसीलाई उनका चलचित्रमा पहिलो पटक ८ वर्ष अघि निर्माता सुनिल रावल र निर्देशक हेमराज बिसीले चलचित्र ‘होस्टेल’मा ब्रेक दिएका हुन् । अनमोलमात्र हैन, अर्का अर्का अभिनेता सलोना बस्नेतलाई पनि सुनिलले चलचित्र हेस्टेलमै ब्रेक दिएका हुन् । अनमोललाई भुवन केसीकै छोरा भएका कारण फिल्ममा ब्रेक दिएको आरोप सुनिललाई त्यतिबेला लागेको थियो । अनमोलका बुबा भुवन केसीले त्यतिबेला पनि नेपाली चलचित्र निर्माणसँगै अभिनय गरिरहेका थिए । तर आफ्नो छोरा अनमोललाई बुबाले फिल्ममा ल्याउन हिम्मत गरेनन् । अनमोल केसीले अभिनय गरेको पहिलो चलचित्र होस्टेल सुपरहिट भयो । त्यसपछि पनि अनमोलले आफ्नो गृह व्यानरको फिल्ममा खेल्ने अबसर पाएनन् । आफ्नो बुबा नेपाली चलचित्र उधोगमा स्थापित अभिनेता भए पनि चलचित्रमा आफ्नै बुताले आएको अभिनेता अनमोलको भनाई छ । किनकी पहिलो फिल्म होस्टल हिट भएर अनमोलले अरु दुई ओटा सफल फिल्म गाजलु र जेरीमा अभिनय गरे । उधोगलाई अनमोलले यी तीनवटा हिट फिल्म लगातार दिए । त्यसपछि मात्र आफुलाई बुबाले चलचित्र ड्रिम्समा नायकको रुपमा लिएको अनमोलको भनाई छ । ड्रिम्सपछि उनले बुबाकै फिल्म क्याप्टेन खेले । नाताबाद भन्दा पनि फिल्मको स्कृप्ट र टिम हेरेर मात्र आफुले काम गर्ने अनमोलले बताएका छन् । अनमोलकी आमा सुस्मिता बमजनले अनमोललाई नायक लिएर चलचित्र बनाउने भन्दै ५ वर्ष अघि चलचित्र म त तिम्रै हुँ घोषणा गरिन् ।
आफ्नै आमा निर्माता भएको फिल्ममा अनमोलले अभिनय गरेनन् । बरु उनले आमालाई यो फिल्ममा केही आर्थिक सहयोग गरेर आफु निर्माताको रुपमा बसिदिए, तर अभिनय गरेनन् । आफुलाई टिम र स्कृप्ट चित्त नबुझेको भन्दै उनले आमाको फिल्म पनि छाडे । अनमोलले खेल्न नमानेपछि उनको ठाउँमा अहिलेका अभिनेता आकाश श्रेष्ठलाई राखिएको हो । यसरी आमाको फिल्म समेत नखेलेका अनमोललाई नाताबाद, कृपाबादको आरोप लगाएको मन नपर्ने रहेछ । नेपाली चलचित्र उधोगले पाएको अहिलेका सबैभन्दा महँगा अभिनेता अनमोल केसी परिवारबादबाट भन्दा पनि बाहिरी व्यानरबाट आएर यो क्षेत्रमा सफल भएका हुन भन्दा अतियुक्ती नहोला । तरपछिल्लो समय आफ्नो बुबाको सल्लाह र मार्गदर्शनमा बढी चल्ने गरेको आरोप अनमोल केसीलाई लाग्ने गरेको छ । उनले पछिल्लो समय केही फिल्म छाड्नेमा परिवारबादको दवाव भएको पनि आरोप लागेको छ ।

सलोन बस्नेत


अभिनेता सलोन बस्नेतलाई पनि नाताबाद कृपाबादको आरोप लाग्दै आएको छ । उनी निर्माता निर्देशक कलाकार शोभित बस्नेतका छोरा हुन् । अनमोललाई बालकलाकारको रुपमा शोभितले ल्याएका हुन् । चलचित्रमा नायकको रुपमा उनलाई निर्माता सुनिल रावल र निर्देशक हेमराज बिसीले नै अनमोल केसीसँग चलचित्र होस्टेलबाटै ल्याएका हुन् । त्यसैले सलोन बस्नेत पनि आफुले नाताबादका कारण यो क्षेत्रमा ठाउँ पाएको भन्ने कुरालाई स्विकार्न तयार छैनन् । सलोनले दर्जन भन्दा बढी हिट फिल्ममा सह अभिनेता भएर काम गरेका छन् । यसरी हिट भएपछि उनलाई बुबा शोभित बस्नेतले चलचित्र बाबुकान्छामा मुख्य नायकको रुपमा लिएर यो चलचित्र बनाए । तर बाबुकान्छा हिट भएन । यो फिल्मले उल्टो उनको सफल करिअरलाई असर पा¥यो । आफ्नो बुबाले अँगालेको बाटोलाई अपनाएर चलचित्रमा आफु आएको भए पनि नाताबादका कारण नभएर आफ्नै मेहनतका कारण अहिले काम पाईरहेको सलोनले बताएका छन् । तर पनि उनलाई फिल्म निर्माता निर्देशकका छोरा भएकै कारण यो क्षेत्रमा सपोर्ट मिलेको आरोप छ ।

गौरब पहारी


अर्का अभिनेता गौरव पहारी पनि अग्रज कलाकार टिका पहारीका छोरा हुन् । मुम्बई अभिनय सिकिरहेको बेला उनलाई नेपाल बोलाएर निर्देशक गणेशदेब पाण्डेले चलचित्र मञ्जरीमा नायक बनाए । मञ्जरी रिलिज नुहँदै सुनिल रावल र हेमराज बिसीले गौरबलाई पनि चलचित्र होस्टलमा अनमोल र सलोनसँगै नायकको रुपमा लिए । चलचित्र होस्टेलले गौरबलाई पनि चर्चामा ल्यायो । त्यसपछि उनले थुप्रै फिल्म खेलेका छन् । गत वर्षमात्र उनले आफ्नै लगानीमा फिल्म साईंली निर्माण गरे । त्यो फिल्मले ठिकै व्यापार गर्यो । होस्टल जस्तो हिट फिल्म गौरबले त्यसपछि दिन सकेका छैनन् । बुबाको प्रेरणाले सिनेमामा आएको भए पनि आफ्नै बलबुताले आफु अघि बढीरहेको गौरबको कथन छ । बुबा चलचित्र क्षेत्रका सफल कलाकार भएकै कारण गौरब पनि नायकको रुपमा नेपाली चलचित्रमा आएका हुन् ।

केकी अधिकारी


अभिनेत्री केकी अधिकारीलाई पनि निर्माता निर्देशकको छोरी भएकै कारण चलचित्रमा अघि बढ्न सकेको आरोप छ । उनी चलचित्र निर्माता निर्देशक कलाकार बद्री अधिकारीको छोरी हुन् । तर अभिनेत्री केकीले पनि आफ्नै क्षमताले यो क्षेत्रमा आएको बताउने गरेकी छिन् । त्यसैले नाताबाद कृपाबाद, परिवारबादको कुरालाई स्विकार्न अभिनेत्री केकी तयार छैनन् । यी अभिनेत्रीले चलचित्र स्वरबाट डेब्यु गरेकी हुन् । स्वरबाटै रिमा विश्वकर्मा र बेनिशा हमालले पनि डेब्यु गरेका हुन् । त्यसपछि केकीले डेढ दर्शन भन्दाबढी चलचित्रमा अभिनय गरिसकेकी छिन् । केकीका बुबा बद्रीले थुप्रै चलचित्र तथा टेली चलचित्रको निर्देशन गरेका छन् । तर बुबाको फिल्ममा समेत केकीले अभिनय गरेकी छैनन् । बुबा छोरीले एउटै फिल्ममा काम गरेका छैनन् ।

सँजोग कोईराला


नाताबादको आरोप लागेका अर्का अभिनेता हुन सँजोग कोईराला । अभिनेता सँजोग फिल्म परिवारका हुन् । सँजोगलाई सुरुमा चलचित्र सरी लबाट प्रस्ताव आएको थियो । तर पछि सो फिल्ममा अरु नै कलाकार लिईयो । यसरी बाहिरी व्यानरबाट फिल्म नपाएपछि आफ्नो बुबाको लगानीमा निर्माण भएको चलचित्र उत्सबबाट उनी नेपाली चलचित्रमा डेब्यु नायकको रुपमा आए । सँजोगका बुबा शेखर कोईराला नेपाली चलचित्र क्षेत्रका एक समयका सफल निर्माता हुन । उनले आधा दर्जन भन्दा बढी चलचित्र निर्माण गरिसकेका छन् । सँजोगको पहिलो फिल्म उत्सबले ठिकै व्यापार गर्यो । त्यसपछि उनले थुप्रै फिल्ममा काम गरिसकेका छन् । यसरी सँजोगलाई नायकको रुपमा बुबाले ल्याएका हुन् । सोहीकारण उनलाई नाताबादको आरोप लागेको हो ।

सुहाना थापा


अहिले नवोदित अभिनेत्री सुहाना थापालाई पनि परिवारबादको आरोप लागेको छ । चलचित्र ए मेरो हजुर ३ की नायिका सुहाना थापा निर्माता सुनिल थापा र नायिका तथा निर्देशक झरना थापाकी छोरी हुन् । त्यसो त अभिनेत्री झरनालाई पनि उनका श्रीमान सुनिलले आधा दर्जन चलचित्रमा नायिका बनाएर स्थापित गरेका हुन् । आमा झरना जस्तै छोरी सुहाना पनि परिवारकै सँरक्षणमा चलचित्रमा अघि बढेकी छिन् । आफ्ना गृह व्यारनबाट सुहाना थापा नायिकाको रुपमा नेपाली चलचित्रमा आएकी छिन् । उनका बुबा र आमाले चलचित्रमा सुहानालाई ल्याएका हुन् । परिवारबाट आएकी उनले बाहिरी व्यानरमा काम गरेकी छैनन् । गृह व्यानरमा काम गरेका कारण उनलाई परिवारबादको आरोपलागेको हो ।

सँयम पुरी


नाताबादबाट नेपाली चलचित्र क्षेत्रमा आएका अर्का अभिनेता सँयम पुरी हुन् । अभिनेता पुरीलाई उनका पिता एवम् निर्देशक नारायण पुरीले बाल कलाकार हुँदै नायकको रुपमा नेपाली चलचित्रमा ल्याएका हुन् । उनी चलचित्र अल्पबिरामबाट अभिनेताको रुपमा आएका हुन् । त्यसपछि आफ्नो बु्बा र बाहिरी व्यानरमा उनले थुप्रै फिल्म खेले । अभियनमा निकै प्रखर भए पनि सँयमसँग पछिल्लो समय चलचित्र छैन । तथापि कलाकारकै छोरा छोरी भएर यो क्षेत्रमा बाहिरी व्यानरबाट आएर स्थापित भएका कलाकारहरु पनि छन् । नाताबादले कलाकारलाई सहयोग त पक्कै पुग्छ । तर दर्शकमा झ्ज्नि सम्बन्धि कलाकारको अभिनय राम्रो हुनैपर्छ ।