बझाङमा एक युवाले क्वारेन्टाईनमै गरे आत्महत्या


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, ९ असार,

पछिल्लो समय क्वारेन्टाईनमा बस्नेहरुले आत्महत्या गर्ने क्रम बढेको छ । भारतबाट आएका नेपालीहरुको आत्महत्याको क्रम बढेको हो । यसै क्रममा बझाङको छबिस पाथिभेरा गाउँपालिका७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका सोही ठाउँका ३० वर्षीय युवकले आत्महत्या गरेका छन् ।

भारतबाट आएका युवक यही असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका थिए । उनी सोमबार बिहान कोठाभित्रै झुण्डिएको अवस्थामा भेटिएका हुन् । विद्यालयको अलग्गै कोठामा बसेका थिए । भारतबाट फर्किएका उनको परिवारसँग भेट भएको थिएन ।

ती युवक बिहान नउठेपछि हेर्न जाँदा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष अक्कल धामीले जानकारी दिए । पोष्ट मार्टमपछि मृतक युवा शबलाई पूर्ण सुरक्षा अपनाएर सुरक्षा व्यवस्था सहित मिलाएर ब्यबस्थापन गरिएको अध्यक्ष धामीले बताए । मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको पनि धामीले बताए ।