रसुवाबाहेक नेपालको ७६ जिल्लामा कोरोना सँक्रमित


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार

नेपालको ७६ जिल्लामै कोरोना सँक्रमण फैलिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । मुलुकका ७७ जिल्ला मध्य सोमबारसम्म एक मात्र जिल्ला रसुवा कोरोना सँक्रमणबाट बन्चित रहेको छ । बाँकी सबै जिल्लामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

नेपालमा पछिल्लो समय सबैतिर कोरोना सँक्रमण देखिएकाले सकेसम्म सचेत रहन र मास्क नलगाई बाहिर ननिक्लन पनि उनले आह्वान गरेका छन् । मानिसहरुसँगको भेटभाटमा काम्तिमा २ मिटरको दुरी कायम गर्न र कुनै पनि काम गरेपछि सावुन पानीले मिची मिची हात हुनुका साथै सेनिटाईजर प्रयोग गर्न पनि अपिल गरिएको छ ।