आज ४२१ जनामा कोरोना, सँक्रमित ९०२६ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असार

नेपालमा आज आईतबार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आईतबार नियमित पत्रकार भेटघाटमा नेपालमा पछिल्लो २४ घन्टामा ४२१ जना कोरोना सँक्रमित थपिएको बताए । जसमा ३५७ जना पुरुष र ६४ जना महिला रहेका छन् ।

मन्त्रालय प्रवक्ता गौतमका अनुसार सबैभन्दा धेरै अर्घाखाँचीमा ७४ संक्रमित थपिएका छन् । यस्तै, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटी र कैलालीका २७/२७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २० तथा स्याङ्जा र दाङका १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६/६ जना, उदयपुर, सर्लाहीका ५/५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४/४ जना, बारा र बर्दियाका ३/३  जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २/२ मा संक्रमण पुष्टि भएको छ  । यस्तै मन्त्रालय प्रवक्ता गौतमका अनुसार ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १/१ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सँगै नेपालमा नेपालमा कोरोना सँक्रमतिको कुल सँख्या ९ हजार २६ पुगेको छ । जसमा ८ हजार २०६ जना पुरुष र ८२० जना महिला रहेको छन् ।

डा. गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार ७७२ पुगेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सँख्या २३ जना पुगेको छ । हालसम्म नेपालमा ७५ जिल्लामा कोरोना संक्रमित भेटिएका गौतमले बताए । आज क्वारेन्टाईनमा ९४ हजारु ९२८ जना पुगेको पनि डा.गौतमले बताए ।