आज ५८६ जनामा कोरोना, नेपालमा सँक्रमित ७१७७ र जम्मा मृतक २० पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असार

नेपालमा आज बुधबार अहिलेसम्मकै बढी कोरोना सँक्रमित भेटिएको छ । आज नेपालमा थप ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रावक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ५८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सँक्रमितको सँख्या ७ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा सँक्रमित भएको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै सँक्रमित महोत्तरीमा रहेका छन् । आज महोत्तरीमा २०० जनामा कोरोना सँक्रमण भएको हो । यस्तै, रौतहटका १२७ जनामा कोरोना सँक्रमण देखिएको छ ।

यता, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६र२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन् ।

यस्तै मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७र७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गौतमले बताए ।

आज एकै दिन ५८६ जनामा कोरोना सँक्रमण पुष्टी हुँदा अहिलेसम्म नेपालमा कोरोना सँक्रमितको सँख्या सङ्ख्या ७ हजार १७७ पुगेको पनि डा. गौतमले बताए ।

हालसम्म ११६७ जना निको भई घर फर्किएका छन् । जसमा एक सय १२ महिला र एक हजार ५५ पुरुष रहेका छन् ।

सङ्क्रमितमध्ये हालसम्म २० जनाको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । सोमबार बेलुका मृत्यु भएकी बाँकेकी महिलाको मँगलबार बेलुका कोरोना सँक्रमण पुष्टी भएको थियो । उनको निधनसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या २० जना पुगेको हो ।