नेपालमा आज ३८० जनालाई कोरोना, सँक्रमित ६५९१ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

नेपालमा आज थप ३८० जना नयाँ कोरोना सँक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ३८० जना कोरोना सँक्रमित थपिएका हुन् ।

प्रवक्ता प्रा.डा.  गौतमका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९/९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४/४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २/२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म कोरोना सँक्रमित ६ हजार ५९१ जना पुगेको छन् । जसमा ६ हजार ९२ पुरुष र ४९९ जना महिला रहेका छन् ।

यस्तै कोरोना सँक्रमणबाट मुक्त भएर आज ११७ जना डिस्चार्ज भएका छन् । जसमा १०९ जना पुरुष र ८ जना महिला रहेको पनि प्रवक्ता गौतमले बताएका छन् ।