आज २५० जनामा कोरोना, नेपालमा सँक्रमित ४६१४ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ जेठ

नेपालमा आज फेरी २५० जनामा कोरोना सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार आज २५० जनामा कोरोना सँक्रमण देखिएको हो । सँक्रमितहरुमा २३० जना पुरुष र २० जना महिला रहेका छन् ।

यो सँगै नेपालमा कोरोना सँक्रमतिको सँख्या ४ हजार ६१४ जना पुगेको छ ।

यस्तै आज क्वारेन्टाईनमा बस्नेको सँख्या १ लाख ६२ हजार १४ जना रहेका छन् । यस्तै ३ हजार ७३८ जना आज यतीबेला आईसोलेसनमा रहेका छन् । यस्तै आजसम्म ८६१ जना कोरोना सँक्रमणपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले बताएका छन् ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटमा ५७, दैलेखमा ४८, रुपन्देहीमा २९, बाजुरामा १८, रोल्पामा १४ र बाँकेमा १३ जना संक्रमित थपिएका छन् ।

यस्तै सप्तरीका ९, दाङका ८, बारा, धादिङ , सुर्खेत र कैलालीका ७/७ जना, नवलपरासीका ६, प्युठान, सर्लाही, महोत्तरीका ४/४ जना, झापा र सुनसरीका ३/३ जना तथा कपिलवस्तु र बझाङका २/२ मा संक्रमण पुष्टि भएको छ ।