कलिकोटा दुर्घटनामा २ को मृत्यु, ६ जना बेपत्ता, उद्धारको होलिकोप्टर पठाउँदै 


ब्युटी न्युज नेपाल

नेपालगञ्ज २८ जेठ, 

कालिकोटाको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर आज बुधबार कर्णाली नदीमा खसेको छ । सो घटनामा दुई जनाको मृत्यु भएको छ भने नदीमा डुबेर ६ जना हराईरहेका छन् । १४ जना घाईतेको उद्धार गरिएको र जस मध्य ४ जनाको अबस्था गम्भिर रहेको स्थानीयले बताएका छन् ।

दुर्घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउने कार्यमा आफुहरु जुटेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताएका छन् । उनका अनुसार घाईतेहरुको केही क्षणमै जानकारी दिए ।