आज एकैचोटी गोरखामा १० जनामा कोरोना, जिल्ला प्रहरी कार्यालयका सबै क्वारेन्टाईनमा


ब्युटी न्युज नेपाल/सरिता भारती
काठमाडौं, २५ जेठ

गोरखा जिल्लामा १० जनामा कोरोना सँक्रमण पोजेटिभ पुष्टी भएको छ । आज मात्र १० जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले पुष्टी गरेका छन् ।

१९ र २० जेठमा पोखरा पठाईएको स्वाब परिक्षणको क्रममा १० जनामा कोरोना भाईरस पोजेटिभ पुष्टी भएको हो । त्यसपछि पठाईको स्वाबको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सँक्रमित हुनेहरु मध्य ९ जना गण्डकी गाउँपालिकाका रहेका छन । उनीहरु मध्य ८ जना भारतबाट आएका हुन् । सँक्रमितहरुमा वर्ष २०, २०, २१, २१, २३, २५, ३२, ३०, ४३ का रहेका छन् । उनीहरु मध्य ४ जना घ्याल्चोक स्थित भिमोदय बिधालयको क्वारेन्टाईनमा, ४ जना रत्नेश्वर माविको क्वारेन्टाईनमा छन । उनीहरु भारतबाट आएका हुन् । यस्तै काभ्रेबाट आएर सँक्रमित देखिएका १ जना घ्यालचोककै ज्ञानमार्ग माबिमा छन् । यस्तै एकजना १७ वर्षीय किशोर पालुङटार नगरपालिकाका रहेका छन् ।

यसरी हिरासतमा रहेका युवकमा आज कोरोना संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन सुरु गरिएको छ । आइतबार प्रहरी निरीक्षकसहित २८ जनाको नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । ती किशोर अहिले गोरखा कारागारमा रहेका कारण त्यहाँ उनको सम्पर्कमा आएका प्रहरी निरिक्षक सहित २८ सबैको स्वाब सँकलन गरेर पोखरा पठाउने कार्य आज गरिएको छ । त्यहाँका सबै प्रहरीलाई अब क्वारेन्टाईनमा राखिने भएको छ ।

एक बालिकालाई जबरजस्ती करणी आरोपमा पक्राउ परेका पालुङटार नगरपालिकाका १७ बर्षका युवक जेठ ११ गतेदेखि प्रहरी हिरासतमा छन् । अहिले उनको जिल्ला अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

गोरखामा एक महिना यता २८० जना भारतबाट आएका छन् भने अन्य ठाउँ र अन्य जिल्लाबाट आएका सहित अहिले गोरखा जिल्लामा ७१५ जना विभिन्न ठाउँको क्वारेन्टाईनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जस मध्ये पालुङटार नगरपालिकाको क्वारेन्टिनमा ५२ जना छन् ।