कोरोनाबाट नेपालमा मृत्यु सँख्या १० पुग्यो, पाल्पाको ४६ वर्षीय मृतकमा कोरोना पुष्टी


ब्युटी न्युज नेपाल
पाल्पा, २० जेठ

भारतको मुम्बईबाट फर्किएका एक जना ४६ वर्षीयपुरुषको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल पाल्पाको आईसोलेसनमा मँगलबार मृत्यु भएको थियो । ती व्यक्तिमा कोरोना सँक्रमण पुष्टी भएको छ । उनी पाल्पाको पुर्वखोला गाउँपालिका १ सिलुवाका हुन् । उपचारको क्रममा मृत्यु भएको सो अस्पतालले जनाएको थियो ।

मृतक पुरुषमा कोरोना सँक्रमण पुष्टी भएको स्वास्थय तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले आज बताए । कोरोना सँक्रमणबाट नेपालमा मृत्यु हुने उनी १० औं व्यक्ति हुन् ।

दिवँगत पुरुष पाँच अघि भारतको मुम्बाइबाट घर आएका थिए । उनी आईतबार राती गाउँ आएर पूर्वखोला गाउँपालिका वडा नं २ जल्पा शम्भु माविको क्वारेन्टनमा बसेका थिए । गाउँपालिकाका स्वास्थ्य संयोजक मोहन ढकालका अनुसार क्वारेन्टाइनमा उनलाई कोरोना संक्रमणसंग मिल्दोजुलो लक्षणहरु देखापरेपछि उपचारका लागि मिशन अस्पताल रिर्फर गरिएको थियो ।

बिरामी परेका ती व्यक्ति कोरोनाको शंकामा स्वाब परिक्षणको नमूना सोमबार संकलन गरेर सामाजिक विकास मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोशालामा पठाइएको थियो । उनको रिपोर्ट आज पोजेटिभ आएको हो । मृत्युपश्चात उनको शब अस्पतालमा राखिएको थियो । अब विशेष सुरक्षाका साथ उनको अन्तिम संस्कार गरिने सुरक्षाकर्मीले जनाएको छ ।