बाजुराकी मृतक ३ वर्षीया बालिकामा कोरोना पुष्टी, नेपालमा कोरोनाबाट आठौं मृत्यु


ब्युटी न्युज नेपाल
नेपालगञ्ज, १८ जेठ

नेपालमा फेरी एक जनाको कोरोन सँक्रमणबाट मृत्यु भएको पुष्टी भएको छ । आज बिहान बाजुराको जिल्ला अस्पताल आइसोलेसनमा मृत्यु भएको एक बालिकामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सँख्या ८ जना पुगेको छ ।

मृतक बुढिगंगा १ घर भएकी २ बर्षीया बालिका हुन् । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालमा ति बालिकाको स्वाब परिक्षणका लागि पठाएको थियो । आइतबार दिउँसो आएको रिपोर्टमा उनको कोरोनाका कारणले मृत्यु भएको सुदुरपश्चिम स्वास्थ्य निर्देशानलयले जनाएको छ । यद्यपि यो मृत्युबारे स्वास्थ्य तथा जनसँख्या मन्त्रलयले आज नियमित बुलेटिनमा घोषणा गर्ने आशा गरौं ।

उनीहरु ८ दिन अघि भारतबाट आएका थिए । मृतक बालिकाकी २३ बर्षीय आमालाई पनि कोरोना पुष्टि भएको छ । उनको बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । २ बर्षकी ती बालिकामा उच्च ज्वरोसँगै पखाला, श्वासप्रश्वास समस्या रहेको परिवारले जनाएका छन् । उनलाई बुढिगंगा नगरपालिका १ धुरालसैनमा माबिको आइसोलेसनमा अबस्था जटिल भएपछि सदरमुकाम मार्तडीमा रहेको आइसोलेसनमा जेठ १५ गते साँझ राखिएको थियो ।

संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । मृतक बालिका आमा र बुवालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो । भारतबाट आएर बुढिगंगा नगरपालिकाको क्वारेनटाइनमा राखिएको थियो ।