क्वारेन्टाईनबाट भागेर गुल्मीमा एकले गरे आत्महत्या


ब्युटी न्युज नेपाल
गुल्मी, १८ जेठ

शनिबार क्वारेन्टाइनबाट हराएका गुल्मीमा एक व्यक्ति आत्महत्या गरेको अबस्थामा फेला परेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले क्वारेन्टाईनबाट नजिक रहेको रुखमा पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

क्वारेन्टाईनमा बसेरका १२ घन्टा नपुग्दै उनले आत्महत्या गरे । उनले किन आत्महत्या गरे भन्नेबारे अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । उनी भारतबाट शनिवार बिहान मात्र आइपुगेर क्वारेन्टाइनमा बसेका थिए । यस अघि परियार अरू ६ जनासँगै दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेको उनका साथीहरुले बताएका छन् ।

प्रहरीका अनुसार शनिबार साँझ परेपछि शौचालय जान्छु भनेर नजिकैको झाडीतर्फ गएका थिए । उनी झाडीबाट निकै बेरसम्म नआएपछि खोजी सुरु भयो । खोजीको क्रममा क्वारेन्टाईनबाट २ सय मिटर टाढाको रूखमा झुन्डिएको अवस्थामा उनको शब फेला परेको पनि प्रहरीले बताएको छ ।