मिनी ट्रकको ठक्करबाट बालाजुमा स्कुटर सवार दुई युवाको निधन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

लक डाउनको बेलामा सडक दुर्घटनामा काठमाडौंको बालाजुमा दुई युवाको मृत्यु भएको छ । उनीहरुको मिनी ट्रकको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु स्कुटरमा सवार थिए । गांगबुबाट बालाजुतर्फ जाँदै गरेको बा २ ख ५४ ८४ नम्बरको मिनी ट्रकले ना ६५ प २००१ नम्बरको स्कुटरलाई नयाँ वसपार्क नजिकै बिजी मल अगाडि ठक्कर दिँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको हो ।

बुढाको ट्रमा सेन्टर र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालले बताए । दुर्घटनापछि भागेका मिनी ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।