नेपाल थप ४५ जनामा कोरोना, सँक्रमित रौटहत, बारा र सिराहाका


ब्युटी न्युज नेपाल
रौतहट, १४ जेठ,

नेपालमा आज मध्यान्न फेरी ४५ जनामा कोरोना सँक्रमण (कोभिड १९) पोजेटिभ देखिएको छ । ती ४५ जना प्रदेश २ का रहेको छन् । सँक्रमित ४५ मध्ये ३८ जनाको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो । यस्तै भने बाँकी ७ जनाको हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएको हो । यसरी आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमितहरूमध्ये रौतहटका मात्रै ३५ जना रहेका छन् ।  योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १०५ पुगेको छ । बाँकी ८ जना बाराका र २ जना सिराहाका रहेका छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार रौतहटको गौर, इशनाथ, देवाही गोनाही, कटहरीया र गढीमाई नगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । रौतहटको इशनाथका १६, गौरका ८, गढीमाई नगरपालिकाका ७, देवाही गोनाही नगरपालिका र कटहरीया नगरपालिकाका २ र२ जनको कोरोना संक्रमण पोजेजटिभ आएको छ । यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म ३ जना निको भएका छन् ।

यस्तै बाराका ८ जनामा कोरोना सँक्रमण देखिएको छ । उनीहरु बाराको पचरौता–१ स्थित पीपरपाती मावि क्वारेन्टाइनमा रहेका छन् । सो क्वारेन्टाईनमा बसेका ८ जना मध्य १ जना रौटहटका हुन् ।

यस्तै सिराहाको सँक्रमित देखिएका २ जनामा सिद्धिचरण १० का ३९ वर्षीय पुरुष र रुपाली २ का ३५ वर्षीय पुरुष रहेका छन् । उनीहरु अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा छन् । यी सँक्रमितहरुको बारेमा स्वास्थ्य मन्त्रालयले आजको नियमित पत्रकार भेटघाटमा थप जानकारी गराउने छ ।