कोरोनाका तेश्रो मृतक भनिएको व्यक्ति जिवितै


ब्युटी न्युज नेपाल
काठमाडौं, ७ जेठ

बुधबार बिहान मृत्यु भएको भनेर घोषणा गरिएको गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक अझै जिबित रहेको भन्दै अस्पतालले प्रेस विज्ञप्ति जारी गरेको छ । उनको जेठ १ बाट रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार जारी छ । उनमा सोमबार कोरोना सँक्रमण देखिएको थियो ।

सो अस्पतालले उनको निधन भएको बताएपछि बुधबार कोरोनाबाट मृत्यु हुनेको सँख्या ३ पुगेको समाचार आयो । तर सो समाचार आएको केही घन्टापछि अस्पतालले नै ती व्यक्तिलाई अझै भेन्टिलेटरमा राखिएको र जिवित भएको भन्दै बिज्ञप्ति जारी गरेको छ ।

ज्वरो आएर अस्पताल भर्ना गरिएका उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए ।
यसरी जिवित व्यक्तिलाई सो अस्पतालले मृतक भनेका कारण स्वास्थ्य मन्त्रालयले यो प्रसँगमा अस्पतालमाथि छानविन गर्ने भएको छ । तर अस्पतालले सो समाचार आफुबाट नगएको दाबी गरेको छ । सो समाचार भ्रामक भएको अस्पतालले जनाएको छ ।