कपिलबस्तुमा फेरी ३ सँक्रमित, सँक्रमित २७६ पुगे


ब्युटी न्युज नेपाल
काठमाडौं, ३ जेठ

नेपालमा फेरि कोरानो भाइरस (कोभिड(१९) का ३ जना नयाँ संक्रमित थपिएका छन् ।

आज बिहान ६ जना कोरोना सँक्रमित भेटिएका थिए भने अहिले मध्यान्नमा फेरी ३ जनामा कोरोना भाईरस सँक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज मध्यान्नमा भेटिएका ३ जना कोरोना सँक्रमित कपिलवस्तुका रहेका छन् । यी ३ जनामा सँक्रमण देखिँदा नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।

आज भेटिएका संक्रमितहरुमा कपिलबस्तु, शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् ।