काठमाडौं पस्ने सबै नाकामा कडाई, मालवाहक गाडीमा पनि मान्छे बोक्न रोक


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ बैशाख

काठमाडौं जिल्ला प्रशासन कार्यलय र काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका भित्रन नदिन बाहिरबाट आएका गाडीहरुलाई रोक लगाउने कार्यमा अझ कडा गर्ने भएको छ ।

काठमाडौँ उपत्यका भित्रिने मुड्खु, नागढुङ्गा, साँखु, जगाती, भिमढुङ्गा नाकाहरुमा कडाई सुरु गरिएको छ । मोफसलमा कोरोनाका सँक्रमण बढेपछि यसलाई काठमाडौं भित्रन नदिन कडाई गरिएका जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

दाहाल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाल, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले आजबाट नागढुँगा सहित विभिन्न नाकाको अनुगमन सुरु गरेका छन् । आजैमात्र काठमाडौं जबरजस्ती भित्रन खोज्ने १०३ ओटा सवारी साधनलाई फिर्ता गरिएको छ । यस्तै अन्य नाकाबाट छिर्न खोजेको सवारी साधनलाई पनि फिर्ता पठाईएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

काठमाडौं बाहिरबाट उपत्यकाभित्र मानिसहरु लुकेर आउन थालेको खबर आएपछि वास्तविकता बुझ्न स्थलगत अनुगमनमा गएको ट्राफिक प्रहरी महाशाखाका एसएसपी भिम ढकालले बताए ।

ढकालका अनुसार अब नाकाहरूबाट उपत्यकामा आवश्यक पर्ने खाद्यवस्तु, तरकारी ढुवानी गर्ने, पेट्रोलियम बस्तु ढुवानी गर्ने र बिरामी बोकेका एम्बुलेन्स मात्रै भित्रिन दिईने छ । यस्तै सरकारले मालवाहक सवारी साधनमा बसेर काठमाडौं प्रवेश गर्न पनि रोक लगाएको छ ।

अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बुधबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै मालवाहक सवारी साधनमा यात्रु राखेर राजधानी प्रवेश गर्न नपाइने बताए ।

निजी र यात्रुबाहक सवारी साधनबाट काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको सरकारले मालवाहक गाडीबाट मानिसहरु प्रवेश गर्न सक्ने आशंका गर्दै त्यसमा पनि कडाइ गरेको हो ।