नेपालगञ्जमा आजै मात्र १५ जनामा कोरोना भेटियो


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ बैशाख

बाँकेको नेपालगञ्जमा आजमात्र १५ जनामा कोरोना सँक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । यो सहित नेपालमा कोरोना सँक्रमितको सँख्या ७५ पुगेको छ ।

आज अपरान्हमा मात्र नेपालगञ्जमा ९ जनालाई कोरोना भाईरस सँक्रमण देखिएकोमा साँझपख फेरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको सो मन्त्रालयले जनाएको छ । यो सहित नेपालगञ्जमा एकै दिन १५ जनामा कोरोना सँक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

यस अघि १९ वैशाखमा सँक्रमित देखिएका नेपालगञ्जका ६० वर्षका एक पुरुषबाट अहिलेका बाँकीमा कोरोना सँक्रमण सरेको अशँका गरिएको छ । एक पुरुषसँगसम्पर्कमा आएका परिवारका ७ सदस्यसहित ९० जनाको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा सुरुमा ९ जना र पछि ६ जनाको कोरोना भाईरस रिपोर्ट पोजेटिभ आएको हो । उनीहरु सबैलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसोलेसन वार्डमा राखेर उपचार गर्न थालिएको छ ।