अस्ट्रेलियामै विवाह गरिन अभिनेत्री मरिष्काले


ब्युटी न्युज नेपाल
काठमाडौं, २० बैशाख

गतवर्ष सर्वाधिक चर्चामा रहेको गीत सालको पात टपरी हुने…की मोडल एवम् अभिनेत्री मरिस्का पोखरेल दाम्पत्य सम्बन्धका बाँधिएकी छिन् । बिगत केही समयदेखि अस्ट्रेलियामा बस्दै आएकी अभिनेत्री पोखरेलले उतै विवाह गरेको बताईएको छ ।

अभिनेत्री मरिस्का आफ्नो प्रेमीसँग बिगत २ बर्षदेखि प्रेम सम्बन्धमा थिईन् । उनका प्रेमी अस्ट्रेलियामै ८ वर्षदेखि रहँदै आएका थिए । सोही क्रममा अस्ट्रेलिया पुगेकी अभिनेत्री मरिस्काले गत सातामात्र इँगेजमेन्ट गरेकी थिईन् । त्यसपछि उनहरुले विवाह गरेको बताईएको छ ।

अभिनेत्री मरिस्का पोखरेलले आकाश अधिकारी निर्देशित चलचित्र ‘के म तिम्रो होइन र’बाट अभिनेता आर्यन अधिकारीको नायिका बनेर चार वर्ष अघि डेब्यु गरिन् । त्यसपछि उनले चपली हाईट २ लगायतका केही चलचित्रमा अभिनय गरिन् । तर उनी चलचित्रमा हिट हुन सकिनन् ।
चलचित्रमा सफलता हाँसिल नगरे पनि उनी म्युजिक भिडियोमा निकै जमेकी थिईन् । सालको पातको सफलताले उनलाई निकै लोकप्रिय बनाएको थियो ।