मिठो परिकार बनाउन सिकाउँदै अभिनेत्री प्रियँका


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ बैशाख

मुलुक २८ दिन देखि लक डाउनको अबस्था छ । जसका कारण सबैजना घरमै बस्नु परेको छ । यो बसाईमा समय बिताउन घरमै विभिन्न कामहरु गरिँदैछ ।

यसै क्रममा घरमा नेपाली चलचित्रका अभिनेत्रीहरु अहिले घरमा बसेर विभिन्न परिकार पकाउन सिकिरहेका छन् । यसै क्रममा अभिनेत्री प्रियँका कार्की सेफ बनेर विभिन्न परिकार बनाउन सिकाउँदै छिन् ।

केही दिन अघिमात्र अभिनेत्री रिमा विश्वकर्माले यो लक डाउनमा घर बसेर कालो चिया बनाउन सिकेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी थिईन् । त्यो पोष्ट यती धेरै भाईरल भयो की चलचित्रको अभिनेत्री भएर कालो चिया समेत तयार गर्न नआउने भनेर उनको ट्रोल नै बनाईयो ।

अभिनेत्री रिमा विश्वकर्मालाई माथ गर्दै अर्की अभिनेत्री प्रियँका कार्कीले कसरी स्वादिस्ट पनिर बटर मसला बनाउने भन्ने बारे सिकाएकी छिन् । नजिकिँदै गरेको आमाको मुख हेर्ने औंसीमा यसपटक आमालाई पनिर बटर मसाला बनाएर खुवाउँ भन्दै उनले यो परिकार बनाउन सिकाएकी छिन् । त्यसो त उनी विभिन्न खाना बनाउन सिपालु छिन् ।

पनिर बटर मसाला बनाउने सम्पूर्ण तरिका (रेसिपी) प्रस्तुत गर्दै अभिनेत्री प्रियँकाले पनिर मसाला मसला बनाएको एउटा भिडियो नै तयार गरेर इन्टाग्राममा पोष्ट गरेकी छिन् । एउटा कुसल सेफले झैं उनले सबै तरिका सिकाएर पनिर बटर मसाला बनाएकी हुन् । आमाको मुख हेर्ने दिन यो परिकार बनाएर आमालाई खुवाउन र खुसी बनाउन अनुरोध पनि गरेकी छिन् ।