वान सिनेमाजको टिकटक प्रतियोगिता


ब्युटी न्युज नेपाल
काठमाडौं, २९ चैत

विश्वभर फैलिएको कोरोना सँक्रमण महामारीको कारण नेपाल पनि प्रभावित भएसँगै यहाँका सिनेमा हल बन्द छन् । तर पनि सिनेमा हललाई सक्रिया तुल्याउन सञ्चालक लागिपरेका छन् । यसै क्रममा नयाँ बानेश्वर, काठमाडौंको वान सिनेमाजले टिकटक प्रतियोगिता घोषणा गरेको छ ।

टिकटक भिडियो बनाईराख्नेहरुलाई लक्षित गरेर वान सिनेमाजले टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो । यस प्रतियोगितामा भाग लिनको लागि आफुलाई मन पर्ने फिल्मको सम्बादको टिकटक भिडियो बनाएर वान सिनेमाजको प्रतियोगिता सम्बन्धि फेसबुक पोष्टको कमेन्ट सेक्सनमा पोष्ट गर्नुपर्नेछ, साथै ह्याशट्यागमा #onecinemas #thereisadifference #onecinemastiktokchallenge राख्नुपर्नेछ ।

पोष्ट गरिएको भिडियोमा सबै भन्दा धेरै लाइक पाउने बिजेता हुनेछ । लाइक बढाउनको लागि जतिसक्यो धेरैलाइ ट्याग गर्न सकिनेछ । बिजेता हुनेको लागि लकडाउनपछी एक शो नै बुक हुनेछ जसमा बिजेता र उसको परिवार मात्र बसेर फिल्म हेर्ने मौका पाउनेछन् । प्रतियोगिता अप्रिल २० मा सकिनेछ ।

त्यसैगरी आइप्लेक्स मलले ‘क्वारेन्टाइन बिंगो’ अफर घोषणा गरेको छ । यस अफर अन्तर्गत फेसबुक पोष्टमा राखिएको फोटो सेभ गरेर त्यसमा आफुले लकडाउनको समयमा गरेका कामहरुमा चिन्ह लगाएर कमेन्टमा पोष्ट गर्नुपर्नेछ । यसबाट बिजेता हुने ३ जनाले लकडाउन पछी आफ्नो नजिकको मान्छेसँग वान सिनेमाजमा फिल्म हेर्ने अवसर पाउनुका साथै गिफ्ट भौचर पनि पाउनेछन् ।

One Cinemas TikTok Challenge