कोरोनाबाट विश्वमा ७४ हजारको मृृत्यु, सँक्रमित १७ लाख ४७ हजार


एजेन्सी
जेनेभा, २५ चैत

कोरोना भाइरसको संक्रमणले विश्वलाई आक्रन्त तुल्याएको छ । चीनमा यतीबेला कोरोनाको सँक्रमण घट्दै गए पनि अमेरिका, इटाली, स्पेन, फ्रान्स, बेलायतमा महामारीको रुपमा बढेको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरण अनुसार मँगलबार मध्यान्नसम्म विश्वभर ७४ हजार ७७९ जनाको मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ ।

यस्तै यतीबेला विश्वभर १७ लाख ४७ हजार ४७३ जना व्यक्तिहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । ती मध्य ९ लाख ४० हजार २०८ को अबस्था मध्यम र ४७ हजार ३९६ जनाको अबस्था गम्भिर रहेको पनि विश्व स्वास्थ्य सँगठनले जनाएको छ । यस्तै २ लाख ८५ हजार ०९० जना उपचार पछि ठिक भएर घर फर्किसकेका छन् ।

हाल कोरोना भाइरसका कारण अत्यन्त भयावह अवस्था अमेरिकामा देखिएको छ । मँगलबार मध्यान्नसम्म अमेरिकामा मात्र ३ लाख ६७ हजार ६२९ ब्यक्ती कोरोना सँक्रमित देखिएका छन् । त्यहाँ मँगलबार बिहानसम्म कोरोनाबात मृतकको सँख्या १० हजार ९४१ पुगेको छ ।

कोरोना सँक्रमित सँख्याको हिसाबले स्पेन दोश्रो स्थानमा छ । स्पेनमा सँक्रमितको सँख्या मँगलबार मध्यान्नसम्म १ लाख ३६ हजार ६७५ र मृतकको सँख्या १३ हजार ३४१ पुगेको छ ।

कोरोनाको सामना गरिरहेको इटाली सँक्रमणको हिसाबले तेश्रो स्थानमा छ । जहाँ मँगलबार बिहानसम्म सँक्रमितको सँख्या १ लाख ३२ हजार ५४७ पुगेको छ । मृतकको हिसाबले पहिलो स्थानमा रहेको इटालीमा मँगलबार बिहानसम्म मृतक ब्यक्तिको सँख्या १६ हजार ५२३ जनाको मृत्यु भइसकेको छ । बृद्धहरुको जनसङ्ख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । इटालीमा जम्मा २२ हजार ८३७ जना मात्र ठिक भएर घर फर्किएका छन् ।

सँक्रमणको हिसाबले चौथो स्थानमा रहेको जर्मनमा मँगलबार मध्यान्नसम्म सँक्रमित १ लाख ३ हजार ३७५ र मृतक १ हजार ८१० रहेका छ भने पाँचौं स्थानमा सँक्रमित रहेको फ्रान्समा सँक्रमित सँख्या ९८ हजार १० र मृतक व्यक्तिहरुको सँख्या ८ हजार ९११ पुगेको छ । चीनमा भने यो सँक्रमण धेरै नियन्त्रणमा आएको छ । चीनमा सोमबार ३२ जना मात्र नयाँ बिरामी देखिए भने सोमबार कोरोनाबाट मृत्यु कसैको पनि चीनमा भएन । यो चीनको पहिलो रेकर्ड हो । यस्तै मँगलबार मध्यान्नसम्म बिहानसम्मको रिपोर्टमा भारतमा सँक्रमित ४ हजार ७७८ र मृतक व्यक्ति १३६ जना पुगको छ ।

नेपालमा मँगलबार मध्यान्नसम्म सँक्रमितको सँख्या ९ मै स्थिर छ । नेपालमा शनिबार नयाँ तीन सँक्रमित थपिएका थिए । जस मध्य एक जना सँचो भएर घर फर्किसकेका छन् ।

अहिले विश्वका ३८ देशमा महामारी रोकथामका लागि भन्दै लकडाउन घोषणा गरिएको छ । एक अनुमान अनुसार लकडाउनकै कारण विश्वभर एक अर्बभन्दा बढी मानिस घरभित्रै बस्न बाध्य भएका छन् । उद्योग, व्यापार व्यवसाय र यात्राका कार्यक्रमहरु रोकिएका छन् भने धेरै मुलुकले आफ्ना सीमा बन्द गरेका छन् ।कोरानाभाइरसको त्रासका कारण अर्थव्यवस्थामा परेको असर कम गर्न सरकारहरुले अर्बौं डलरका आर्थिक राहतका कार्यक्रम घोषणा गरेका छन् ।