कैलाली र कञ्चनपुरमा थप ३ जनालाई कोरोना भाईरस सँक्रमण


ब्युटी न्युज नेपाल
काठमाडौं, २२ चैत

सुदुर पश्चिम प्रदेशको कैलाली र कन्चनपुरमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले शनिबार आधिकारिक फेसबुक पेजबाट जानकारी गराएको छ । मन्त्रालयका स्रोत अनुसार संक्रमितमध्ये एक जना स्थानीय हुन् भने २ जना भारतबाट आएका हुन् ।

कैलालीमा यस अघि बिदेशबाट आएका एक जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो । सँक्रमित सातौं व्यक्ति धनगढीकी ३४ वर्षीया महिला हुन् । यी महिला कैलालीका यस अघि सँक्रमितका आफन्त हुन् । बिदेशबाट आएका आफन्तबाट कोरोना भाईरस सरेकी उनी पहिलो ब्यक्ति भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती तीन नयाँ सँक्रमणसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित तीनै जनालाई अहिले सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसनमा राखिएको छ ।

सँक्रमित आठौं व्यक्ति लम्की कैलालीका २१ वर्षीय पुरुष रहेको पनि मन्त्रालय श्रोतले जनाएको छ । केही समयअघि भारतको मुम्बईबाट घर आएका उनी होम क्वारेन्टाइनमा थिए ।

यस्तै कोरोना भाईरस पोजेटिभ देखिएका नवौं व्यक्ति कञ्चनपुरका ४१ वर्षीय पुरुष भएको पनि मन्त्रालय श्रोतले जानकारी दियो । केही समय अघि भारतको उत्तराखण्डबाट घर आएका उनी पनि होम क्वारेन्टाइनमै बस्दै आएका थिए ।