कपिलबस्तुको बिजयनगरमा २५ घर गोठ अगलागाीबाट नष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, २१ चैत

गर्मी र हावा हुरीको मौसम सुरु हुन थालेपछि तराईमा आगलागीका घटनाहरु बढेका छन् । यसै क्रममा शुक्रबार दिउँसो कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागीबाट २५ घर र गोठ जलेर नष्ट भएका छन् ।

कपिलवस्तुका प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरीक्षक दीपशमशेर राणाका अनुसार सो आगलागी काशीनाथ यादवको घरबाट सुरु भएको थियो ।

राणाका अनुसार घटनामा कुनै मानवीय क्षति नभएको तर नगद सहित खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा गरी एक करोडभन्दा बढीको नोक्सानी भएको छ । तौलिहवाबाट आएको एउटा दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा दुई घन्टा पछि आगो नियन्त्रणमा लिईएको थियो ।