२५ चैत १२ बजेसम्म लक डाउन


ब्युटी न्युज नेपाल
काठमाडौं १६ चैत

आज बसेको मन्त्री परिषदको बैठकले २५ चैत १२ बजेसम्म लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । ६ दिन अघिबाट सुरु भएको लक डनलाई पुन ८ दिन थपेर २५ चैतसम्म पुर्याउने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप्नु परेको सरकारका प्रवक्त समेत रहेका एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

गत १० चैतमा दोस्रो व्यक्तिमा संक्रमण देखिएपछि सकारले ११ चैत बिहान ६ बजेबाट लागू हुनेगरी एक साताको लागि लकडाउन घोषणा गरेको थियो ।

मुलुकमा कोरोना भाईरसको सँक्रमित थपिँदै गएपछि आईतबार साँझ बसेको मन्त्री परिषदको बैठकले २५ चैतसम्मका लागि लक डाउनको अबधि बढाएको पनि मन्त्री खतिवडाले बताए ।