अविनास घिसिङले ल्याए माथिल्लो लेकमा…


ब्युटी न्युज नेपाल
काठमाडौं, २३ फागुन

गायक अविनास घिसिङले नयाँ गीतको भिडियो ल्याएका छन् । उनले नयाँ गीत ‘माथिल्लो लेकमा… (सेलो टन)’ गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरेका हुन् ।

गायक अविनास कै शब्द तथा संगीत रहेको गीतमा दुई युके्रनी एक रसिया र एक इजरायल कलाकारहरु कोरशमा देखिएका छन् । नेपाली सेलो टन मा आधारित रहेको गीतको भिडियोलाई अनिल के मानन्धर र मिलन शंकरले छायाँकन गरेका छन् ।

यो गीतमा सुवानी मोक्तान, अराज केशव र डिजे तेन्जिङ फिर्चड छन् । गीतको भिडियोलाई बिभोर पोखरेलले निर्देशन गरेका हुन । क्याटमाण्डौ इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीतमा मोहित मुनालको ध्वनी संयोजन तथा सुप्रिम पराजुलीले सम्पादन रहेको छ ।