ऋचाको फ्लेम लुक्स 


ब्युटी न्युज नेपाल

काठमाडौं, १३ फागुन

अभिनेत्री ऋचा शर्माको सौन्दर्यमा विवाहपछि अझ निखार आएको छ । विवाहले नारीको सुन्दतामा अझ पूणता थप्छ भन्ने मान्यता छ । नभन्दौ अभिनेत्री ऋचा पनि विवाहपछि अझ सुन्दर देखिन थालेकी छिन् ।

बिवाहपछि उनी फर्किएको पहिलो काम नै हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’ हो । यसमा उनी एक मात्र महिला निर्णायकको रुपमा प्रस्तुत रहेकी छिन् ।

कमेडी च्याम्पियनको यस पटकको एपिसोडमा फ्लेम कलरको अफ सोलडर गाउनमा अभिनेत्री ऋचा निकै आकर्षक देखिएकी थिइन्  । सुन्दरी अभिनेत्री रिचालाई हरेक एपिसोडमा फरक लुक्स दिनुका साथै अझ आकर्षक देखाउन मेकअप आर्टिस्ट ज्योति लिम्बुले मेहनत गर्दै आएकी छन् । यस पटक उनले फ्लेम लुक्समा उनलाई तयार गरेकी हुन् ।

अभिनेत्री ऋचाको बिवाह पछि रिलिज हुन् लागेको चलचित्र हिजो आजका कुरा हो । यो चलचित्र आगामी १२ बैशाखमा प्रदर्शनमा आउँदैछ । चलचित्रको जदौ…गीत सोमबारमात्र रिलिज भएको छ ।

प्रस्तुती :जयन सुब्बा मानन्धर