जन्मदिनमा प्रधानमन्त्री ओलीको नयाँ पुस्तक


ब्युटी न्युज नेपाल
काठमाडौं, १० फागुन

प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो जन्म दिन मनाउँदै गर्दा नयाँ पुस्तक पनि पाठकमाझ ल्याएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो नयाँ पुस्तक ‘भिजन टु एक्सन’ उनले सार्वजनिक गरेका हुन् ।
६९औं जन्मदिनको अवसर पारेर ओलीको यो पुस्तकको राष्ट्रकवि माधव घिमिरे र वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले सँयुक्त रुपमा लोकार्पण गरेका छन् ।

प्रधानमन्त्री ओलीले लोकार्पण कार्यक्रममा आफ्नो यो पुस्तक बिचार भन्दा कार्यमुखी र बिगत भन्दा आगतमुखी भएको बताए । नेपाललाई अब कसरी समृद्धितर्फ लैजाने भन्ने कुरा यो पुस्तकबाट आफुले प्रस्ट्याएको पनि उनले प्रकाश पारे । यो पुस्तक २४० पृष्ठको छ । जसमा प्रधानमन्त्री ओलीले गरेका सम्बोधन र विकास र समृद्धिबारे भावी योजना सम्बन्धि लेखकखहरु संग्रहित छन् ।