सञ्चार मन्त्री बाँस्कोटालाई राजिनामा दिन प्रधानमन्त्रीको निर्देशन , (कमिसन बार्ता यस्तो )


ब्युटी न्युज नेपाल

काठमाडौं, ८ फागुन

‘हेप्ने’ थेगोको रुपमा चर्चा कमाएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिन निर्देशन दिएका समाचार प्राप्त भएको छ ।

यी मन्त्रीले सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीलाई यतीबेदा दवाव परेको हो । उनको कमिसनको लागि बार्गेनिङ गरेको अडियो बुधबार रातीमात्र सार्वजनिक भएको थियो । जसमा स्वीस कम्पनीका एजेन्टसँग मन्त्री बाँस्कोटाले करोडौंको बार्गेनिङ गरेका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ ।

बिहिबार सँसादमा बिपक्षीले मन्त्री बाँसकोटालाई पदबाट हटाएर कारवाही गर्नु पर्ने आबाज उठाएका छन् । यो प्रकरणमा विपक्षी पार्टी पुरै विरोधमा उत्रिएका छन् । मन्त्री बाँस्कोटाको कारवाहीको मा सहित राष्ट्रिय सभाको बैठक नै बिहिबार अबरुद्ध भयो । सरकारले एमसिसी प्रकरणले बिबाद झेलीरहेको बेला अहिले मन्त्री बाँस्कोटाको कमिसन कान्डको तनाब झेल्नु परेको छ ।

नेपाल सरकारका सबै मन्त्रीहरू सरकारी निवासमा बस्दै आएका छन्। ललितपुरस्थित सरकारी निवासमा बस्नुपर्ने मन्त्री बाँस्कोटा भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री ओलीको निजी निवासमा बस्दै आएका छन्। उनी ओलीका सबैभन्दा विश्वासपात्र मानिन्थे । यी मन्त्रीलाई ओलीले बस्नको लागि आफ्नै घरसमेत दिएका थिए । ओलीले उक्त अडियो डेढ महिना पहिला नै सुनेको बालुवाटार स्रोतको दाबी छ । अडियो सुनेको डेढ महिना बित्दा पनि ओलीले बाँस्कोटालाई कारवाहीको सट्टा प्रँससा मात्र गरेका थिए । ३६ अर्वको छपाईका लागि यो १० प्रतिसत कमिसन हो भनेर एकथरीले अहिले चर्चा चलाईरहेकाले प्रधानमन्त्री यस अघि चुप रहेको हुन सक्ने पनि बालुवाटार श्रोतले जनाएको छ ।

स्विस एजेन्ट विजयप्रकाश मिश्र शर्मा र मन्त्री गोकुल बास्कोटाबीचको यस्तो छ कमिन बार्ता :

विजयप्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाइले बोलाएर आउने हैन।

मन्त्री गोकुल बाँस्कोटा : ह…

विजयप्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको -कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।

विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि तपाइले टाइम मिलाइदिनुपर्‍यो।

मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।

विजयप्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस्।

मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।

विजयप्रकाश मिश्र शर्मा : कुरा चाहि मैले राखेको छु उनीहरुलाई।

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?

विजयप्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन?

विजयप्रकाश मिश्र शर्मा : यसकाे टोटलको पर्सेन्ट निकाल्ने हो।

मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।

विजयप्रकाश मिश्र शर्मा : केहि न केहि त भइराछ त्यहि बेसमा जाने हो। बेसचाहि तपाइहको उसमै जाने हो हामी।

मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्वमा सकाउन पाए हुन्थ्यो। मानौँ २५ निस्कयो भने कति हुन्छ?

विजयप्रकाश मिश्र शर्मा : ७० जति आउलाकी १ आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।

मन्त्री गोकुल बाँस्कोटा : तपाइलाई के गर्छनरु छुट्टै गर्छन्?

विजयप्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत (तपाईँहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ?

विजयप्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। (हामीले पनि त अलि अलि राख्नुपर्‍यो नि। आउट अफ ट्रयाक गइयो भने…

मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कसले कुरा गर्छ नि?

विजयप्रकाश मिश्र शर्मा : त्यो कुरा तपाईँ गर्नुस्।

मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस भने यी मु….कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने (यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाई आफैँ लाग्नुस्। कुरा बुझ्नुभो..

विजयप्रकाश मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।

मन्त्री गोकुल बाँस्कोटा : त्यो मु….ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्कयो भने २८ अर्वको बनाउनुस्।