अमेरिकन आईडलमा छानिए नेपाली युवा दिवेश


ब्युटी न्युज नेपाल
काठमाडौं, ५ फागुन

सन २०१३ मा उच्च अध्ययन र गायनको सपना बोकेर काठमाडौंबाट अमेरिका छिरेका एक युवक दिवेस पोखरेल यतिबेला अमेरिकन आईडलको अडिसन राउन्डमा उत्कृष्ट २० भित्र परेका छन् ।
सँसारभरका उदयमान गायकहरुको अमेरिकन आईडलमा जाने सपना हुन्छ । त्यो सपना नेपालीहरु माध्यबाट पहिलो पटक यतीबेला दिवेशले पुरा गरेका छन् । उनी अमेरिका आईडलको अडिसन राउन्डमा छानिएका हुन् ।

आईतबार बेलुका एबिसी टिभीबाट जब अमेरिकन आईडल प्रशारण भयो । त्यतिबेला एक नेपाली युवा दिवेस पोखरेलले आफ्नो प्रस्तुति दिए । प्रस्तुति दिने क्रममा अमेरिक आईडल मञ्च सम्मुखबाट दर्शकको निरन्तर ताली बज्यो । अमेरिकन आईटलको पहिलो प्रस्तुतिमा स्टेज पाएका दिवेशमा त्यतिबेलासम्म निकै धुकचुक थिए । उनको लागि स्टेज पाउनु नै ठुलो कुरा थियो ।

उनको प्रस्तुती सकिना साथ जब निर्णायकहरु ल्युक ब्रायन, पस स्टार केटी पेरी र लियोनेल रिचले उठेर ताली बजाए । त्यतिबेला दीवेशमा खुसीको सिमा रहेन ।

उनलाई उत्कृष्ट २० मा छानिएको भन्दै जव निर्णयकहरुले अँकमाल गर्दै अमेरिकन आईडलको प्रमाणपत्र दिए । त्यतिबेला दिवेश जीवनकै सर्वाधिक खुसी भए । त्यही भिडियोलाई अमेरिकन आईडलको अफिसियल युट्युवसहितका च्यानलबाट जब प्रशारण गरियो । तब दिवसको कलाले सँसारको ध्यान खिच्यो एकजना नेपाली युवा रातारात लोकप्रियताको शिखरमा पुगे । उनलाई जताततैबाट खोज्न थालिएको छ । उनको निजी युट्युव च्यानलमा पनि गीत सुन्ने र हेर्नेहरुको क्रम बढेको छ ।