अभिनेत्री ऋचा शर्माको बोल्ड मेकओभर


ब्युटी न्युज नेपाल,
काठमाडौं, २९ फागुन

अभिनेत्री ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रमा आफुलाई जस्तो रुपमा पनि ढाल्न सक्ने प्रतिभावान नायिका हुन् । उनी प्रौढ महिला देखि १४ वर्षीय किशोरीको रुपमा समेत पर्दामा प्रस्तुत हुन र सम्बन्धित चरित्रलाई हुबहुसँग निर्वाह गर्ने कलाकार हुन् ।

यिनै अभिनेत्रीको एउटै कार्यक्रममा फरक फरक मेकओभरलाई हामीले यहाँ तस्बिर मार्फत प्रस्तुत गर्न लागेका हौं ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटि शो ‘कमेडी च्याम्पियन’मा यी अभिनेत्री सुरुदेखि नै निरन्तर निर्णायकको भूमिकामा छिन् । यो सृँखलामा उनी पहिलाको भन्दा पछिल्लो समय एकदमै सुन्दर एवं आकर्षक रुपमा प्रस्तुत हुन थालेकी छिन् । पछिल्लो सृँखलाहरुमा उनी एकदमै बोल्ड एव ब्युटी देखिएकी छिन् ।

यसरी एउटा नायिकालाई फरक फरक लुक्समा प्रस्तुत गर्नुमा मेकअप आर्टिस्टको ठुलो देन हुन्छ । अभिनेत्री ऋचाको यो न्यु लुक्सको लागि मेकअप आर्टिस्ट ज्योती लिम्बुले मेकओभर गरेकी हुन् ।
अभिनेत्री ऋचालाई हरेक क्यारेक्टरमा मेकअप खुल्ने र त्यसमा ढाल्न सकिने भएकाले उनको ब्युटीमा मेकअपले अझ सघाएको ज्योतीको भनाई छ ।

प्रस्तुती–जयन सुब्बा मानन्धर