इनासको नेपाल साखामा नयाँ नेतृत्व, संयोजकमा दयाराम पाण्डे


ब्युटी न्युज नेपाल
काठमाडौं, २० माघ

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को नेपाल शाखामा नयाँ नेतृत्व आएको छ । यस अघि नेपालमा साखा रहेपनि इनासले गरेको अवार्डको विवादपछि त्यो साखा पूर्ण निस्कृय भएको थियो । यतीबेला फेरी साखालाई सकृय गरेर नयाँ कार्यसमिति चयन गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै इनासको नेपाल साखाको नयाँ नेतृत्व चयन गरिएको हो ।

नेपालमा नयाँ शाखाको कार्यसमिति संयोजकमा दयाराम पाण्डे, वरिष्ठ सह संयोजकमा शुशिल पोखरेल, प्रथम सह–संयोजकमा सुदीप कुमार रेग्मी, द्धितिय सह–संयोजकमा देव कुमार श्रेष्ठ, सदस्य सचिवमा गोपाल ढकाल, (छन्दे) र कोषाध्यक्ष्यमा कृपा भक्त महर्जन चयन भएका छन् ।

यस्तै कार्यसमितिको सदस्यमा दिपिका प्रसाई, सलोन बस्नेत, सिन्धु मल्ल, श्री देव भट्टराई, कविराज गहतराज, उद्धव प्रसाद भट्टराई, भूमिका शाह, शैलेस डंगोल चयन भएका छन् ।

अन्य सदस्यमा कृपा केसी, सुदीप बराल, माधवराज खरेल, किशोर चिपाल, रामेश्वर बुर्लाकोटी, विजय अगवाज, एनराज शिवाकोटी, प्रमोद खरेल, मिरा दाहाल, अर्जुन खरेल, शंकर पाण्डे, प्रविसा अधिकारी, पुष्पा खनाल, रुपेन कोइराला, कल्पना श्रेष्ठ चयन भएका छन् ।

यो संस्था गैर नाफामुलक भएको जनाइएको छ । नेपाली संस्कृतिलाई विश्वभर चिनाउने उदेश्यका साथ सन् २०१२ अगस्ट २६ मा पोल्याण्डको राजधानीबाट यो शाखा स्थापित भएको हो । इनासले हाल विश्वका ७३ वटा देशमा शाखा विस्तार गरिसकेको छ ।