पिम चलचित्र महोत्सबमा बरिष्ट संगीतकार शम्भुजीतलाई दीर्घ साधना सम्मान


ब्युटी न्युज नेपाल
धनगढी, १४ माघ

सुदुरपश्चिम प्रदेशको राजधानी धनगढी आयोजना गरिएको तीन दिने पिम नेपाल चलचित्र महोत्सव २०१९ शनिवार धनगढी रंगशालामा भव्य रुपमा सम्पन्न भएको छ ।

यो महोत्सब माघ ९ गते देखी ११ गते सम्म आयोजना गरिएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको प्रमुख आतिथ्यतामा सम्मपन्न सो कार्यक्रममा वरिष्ठ संगीतकार शम्भूजित बासकोटालाई २५ हजार रुपैयाँ नगद सहित दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको छ । नेपाली संगीत क्षेत्रमा चार दशक लामो समयदेखि निरन्तर योगदान पुर्याएको भन्दै बासकोटालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको हो ।

यस्तै चार दशक भन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा अभिनय मार्फत निरन्तर योगदान पुर्याएको भन्दै बरिष्ट चरित्र अभिनेत्री वसुन्धरा भुषाललाई स्वर्ण साधना सम्मानबाट सम्मानित गरियो ।
कार्यक्रममा चलचित्र सम्मानवाट भैरहवाका हल व्यवासायि ओम जैसीलाई सम्मानित गरियो । कलाकार नवराज रिमाल र तेजा ऐरलाई कला सम्मान प्रदान गरियो ।

यस्तै ई. कृष्ण गोपाल भण्डारी, समाजसेवी महिमा पोखरेल, लक्ष्मी वस्नेतलाई सेवा सम्मान, प्रभा धन्कोट प्राविधिक तथा व्यवसायिक विद्यालय अछामका प्रधानाध्यापक जोगराज कुँवर लाई शिक्षा सेवा सम्मान प्रदान गरियो ।
कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी प्रमुख एस.पी. लोकेन्द्र श्रेष्ठ, वरिष्ठ पत्रकार गीतकार शान्तिप्रिय, पत्रकार गीता अधिकारी लगायत दर्जनौ पत्रकार, कलाकारलगायतको सहभागिता थियो । अवार्ड कार्यक्रमलाई संचारकर्मी एवं गीतकार लोकराज अधिकारी र नायक श्रीदेव भट्टराईले संचालन गरेका थिए ।

पिम नेपाल चलचित्र महोत्सवकी अध्यक्ष कमला जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले पहिलो पटक राष्ट्रिय रुपमा सम्पन्न भएको चलचित्र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको र स्थानिय कलाकारहरुलाई समेत प्रोत्साहन गरेको भन्दै आयोजकलाई धन्यवाद समेत प्रदान गरेकी थिईन ।

सन् २०२० को तेश्रो पिम नेपाल चलचित्र महोत्सव प्रदेश ५को भैरहवामा चलचित्र व्यवसायि ओम जैशीको संयोजनमा सम्पन्न हुने पिम नेपालका अध्यक्ष माधव राज खरेलले वताएका छन् ।

पिम नेपाल चलचित्र महोत्सव २०१९ मा अवार्ड प्राप्त गर्ने चलचित्रकर्मीहरुको नामावली
१.सर्वोत्कृष्ट अभिनेता (गोपी )– विपिन कार्की
२. सर्वोत्कृष्ट हाँस्य अभिनेता (लभ यू हमेशा ) – गोपाल ढकाल छन्दे

३.सर्वोेत्कृष्ट चरित्र अभिनेता (गाजा वाजा ) –उद्धव भट्टराई
४. उत्कृष्ट निर्देशन (उल्झन )– राजु अधिकारी
५. लघु चलचित्र निर्देशन ) नेचर गाई – यूगल पोमो
६.वृत्तचित्र लेखन (वर्गसत्ता) भिष्मराज फुलारा
७. सर्वोत्कृष्ट कथा (गोपी) – दीपेन्द्र लामा
८.ईन्करेजमेन्ट अवार्ड ( संशय )– गणेश रावल
९.वृत्तचित्र निर्देशन ( वर्ग सत्ता )– शेखर खनाल
१०. सर्वोत्कृष्ट वृत्तचित्र ( जिरी )– गौतम खाती

११. सर्वोत्कृष्ट नव नायक (लम्फु ) –संजीत भण्डारी
१२. जुरी अवार्ड (ज्यूँदो देवता) –सागर ढुंगाना
१३. जुरी अवार्ड कथा ( उल्झन ) – आरती अधिकारी
१४. डायस्पोरा अवार्ड (उल्झन ) धु्रव दत्त
१५. जुरी अवार्ड (बालकृष्ण सम) – उमिद बागचन्द
१६. सर्वोत्कृट फिल्म ( नेपाल भाषा) – लिच्वो
१७. सर्वोत्कृट फिल्म (थारु भाषा) – जान तोहर नाम – राजकुमार श्रेष्ठ
१८. सर्वोत्कृट फिल्म (डेउडा भाषा) – धन्यमाया जाल – विरेन्द्र सिंह (विरु)
१९. सर्वोत्कृट अभिनेता (डोटेली भाषा) – सौराई – विनोद वोहोरा (वोक्टानी किंग )
२०. सर्वोत्कृट अभिनेता (थारु भाषा) – मोर जंग – संगत चौधरी