ट्रेलरमा आयो चलचित्र ‘ताकतवर’


ब्युटी न्युज नेपाल
काठमाडौं, ११ माघ

नेपाली चलचित्र ‘ताकतवर’को ट्रेलर राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको छ । ट्रेलर अन्सार ‘ताकतवर’ले प्रेम र एक्सनको भाव प्रस्तुत गरेको छ । प्रेम प्राप्तिका लागि एक युवकले गरेको सँघर्षलाई ट्रेलरमा देखाईएको छ ।

चलचित्र ताकतबार सविन श्रेष्ठ, धु्रव कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाल लगायतकोअभिनय रहेको छ ।

यो चलचित्रलाई गजेन्द्र रन्जितको निर्देशन गरेका हुन् । यसमा आरती शाही र निर्देशक स्वयंको निमाता छन् । यो चलचित्रमा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले), वद्रि फुयाँल सहनिर्माताका रूपमा रहेका छन् ।

सुनिल प्रकाश श्रेष्ठको लेखनमा तयार फिल्ममा मित्रडी गुरूङको सम्पादन रहेको छ । फिल्मको प्रर्दशन मिति तय नभएपनि चैतको दोस्रो साता सम्ममा प्रदर्शनमा ल्याउने निर्माण युनिटको तयारी रहेको छ ।
रामेश्वर हुमागाईंको छायांकन तथा चन्द्र पन्तको द्वन्द्व निर्देशनमा तयार फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी देख्न सकिन्छ ।