चौथो ‘लेट्स डान्स’मा दीपिका मगर उत्कृष्ट


ब्युटी न्युज नेपाल
काठमाडौं, ९ माघ

काठमाडौं उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करणमा काठमाडौंकी दीपिका मगर उत्कृष्ट भएकी छिन् । काठमाडौको राष्ट्रिय नाचघरमा चार सय जना सहभागी प्रतिस्पर्धीलाई पछि पार्दै मगरले नगद ५० हजार रुपैयाँ, ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

अमरकला केन्द्रद्वारा आयोयजित यो प्रतियोगिता प्रतिनिधिसभाका संसद रामकुमारी झाँक्रिको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । जसमा कलाकारद्वय महेश गोदार र प्रशान्त तामाङ निर्णायक रहेका थिए । यो प्रतियोगितामा फस्ट रनर अप सगुन श्रेष्ठ, सेकेन्ड रनर अप सन्जु तामाङ, थर्ड रनर अप प्रसन्ना पराजुली, फोर्थ रनर अप रश्मी विष्ट भए । उनीहरुले क्रमवद्ध २५ हजार, १५ हजार र थर्ड रनर अप र फोर्थ रनर अपले क्रमश ५–५ हजार रुपैयाँ सहित तक्मा, शिल्ड, प्रमाणपत्र प्राप्त गरे ।

उपत्यकाको तिनसय भन्दा बढी विद्यालयका साथै विभिन्न ठाउँमा नृत्य प्रशिक्षण गराउँदै आएको अमरकला केन्द्रले बालबालिकाहरुको प्रतिभालाई एउटा मञ्चमा ल्याएर निखार्दै उत्कृष्ट चयन गरको जनाएको छ ।

लेट्स डान्सका निर्देशक राज श्रेष्ठले सिजन १ देखी ४ सम्म आउँदा हजारौले आफ्नो प्रतिभालाई मञ्च सामु प्रस्तुत गर्न सफल भएको बताए ।

प्रतियोगितामा बोल्दै गोल्डेन पिकहाई स्कुलका प्रधानाध्यापक छत्रमनी राईले यस्तो प्रतिस्पर्धाले विद्यार्थीमा क्षमता र आत्मविश्वास बढ्दै जाने बताए । चर्चित बेलि डान्सर विनु शाक्यको डान्समा रमेका दर्शकको सहभागीतामा सम्पन्न कार्यक्रमलाई सञ्चालन दीपक लामिछानले गरेका थिए ।