कमाण्डरको ट्रेलरमा अनुपको एक्सन रुप


ब्युटी न्युज नेपाल
काठमाडौं, २० पुस,

आगामी १० माघमा रिलिज हुने भनिएको चलचित्र ‘कमाण्डर’ को ट्रेलर रिलिज भएको छ । यो चलचित्रमा अभिनेता अनुपबिक्रम शाही र रबिन तामाङ एक अर्काको प्रतिद्धन्दीको रुपमा प्रस्तुत भएका छन् । उनीहरुको दमदार दुश्मनी यो चलचित्रको ट्रेलरमा देखाईएको छ ।

एलआर विबेक सापकोटाको निर्देशनमा बनेको फिल्मको प्रदर्शन मितिसँगै ट्रेलर सार्वजनीक गरिएको छ । फिल्मको ट्रेलरमा अनुप प्रहरी अधिकृत र रबिन तस्करको भूमिकामा प्रस्तुत भएका छन् ।

सुपेरियर फिल्मस्को ब्यानरमा निर्देशक एलआरकै लेखन र निर्माण रहेको फिल्ममा अनुपबिक्रम र रबिनका साथमा ध्रुव कोइराला, श्रीराम पुडासैनी, प्रेम शर्मा, साधना सिलवाल, दिनेश केसी, कालु राना, तेजा ऐर तथा नवनायिका सगुन थापा मुख्य भूमिकामा छन् ।

‘कमाण्डर’ भ्रष्टाचार,तस्करी,लागूऔषध कारोबार,चेलीबेटी बेचबिखनलगायतका समसामयिक बिषयमा केन्द्रित रहेको निर्देशक एलआर बताउछन् । दिब्य सुवेदीले खिचेको फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन, पवित्रा आचार्यले कोरियोग्राफी तथा मनोज चौलागाईंको शब्द र संगीत छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मको सहनिर्मातामा सावन जंग राना छन् ।