सीजी कामना फिल्म अवार्डमा प्रसाद उत्कृष्ट, नीर शाह र सन्तु तामाङलाई दीघ सेवा सम्मान


ब्युटी न्युज नेपाल/सरिता भारती,
काठमाडौं, १९ पुष

सीजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड २०७६ शनिवार ललितपुरस्थित हेरीटेज गार्डेनमा भव्य रुपमा सम्पन्न भएको छ । यो नेपाल समाचारपत्रको सह प्रकाशन कामना सिने मासिकको आयोजना तथा सिजी ईन्टरनेन्मेन्टको प्रस्तुतिमा पांचौ सस्करणको अवार्ड हो ।

अवार्ड समारोहमा विभिन्न पाँच विधामा अवार्ड जित्दै चलचित्र ‘प्रसाद’ उत्कृष्ट भएको छ । यो चलचित्रको उत्कृष्ट अभिनेताको अवार्ड विपिन कार्कीले, उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रता श्रेष्ठले, उत्कृष्ट निर्देशकको अवार्ड दिनेश राउतले, उत्कृष्ट चलचित्रको अवार्ड निर्माता सुवास थापाले र उत्कृष्ट पटकथाको अवार्ड शुशिल पौडेलले जिते ।

समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरियो । अवार्ड समारोहमा उत्कृष्ट नव अभिनेताको अवार्ड चलचित्र बोबीबाट उमेश थापा, उत्कृष्ट नव अभिनेत्रीको अवार्ड चलचित्र ए मेरो हजुर ३ बाट सुहाना थापा प्राप्त गरिन् । सँयोगले सो चलचित्रका निर्देशक झरना थापाले छोरी सुहानालाई अवार्ड प्रदान गर्नु पर्दाको दृष्य निकै रोचब बनेको थियो ।

यस्तै नव निर्देशकको अवार्ड डमरुको डन्डिबियोबाट छेछेन गुरुङले, यस्तै कथातर्फको अवार्ड चलचित्र डमरुको डन्डिबियोबाटै खगेन्द्र लामिछानेले हासिल गरे । डमरुको डन्डिबियोबाटै सम्पादन तर्फको अवार्ड निमेष श्रेष्ठले र पाश्र्वसँगीतको अवार्ड पनि डमरुको डन्डिबियोबाटै एलिष कार्कीले हाँसिल गरे ।

नाई नभन्नु ल ५ लाई पनि ५ वटा अवार्ड प्राप्त भएको छ । सह अभिनेत्रीको अवार्ड नाई नभन्नु ल ५ बाट प्रियँका कार्कीले, बालकलाकारको अवार्ड चलचित्र नाई नभन्नु ल ५ बाट सेड्रिना शर्माले अवार्ड जिते । नाई नभन्नु ल ५ को तिम्रो आँखामा…गीतबाट दिनेश थपलियाले गीतकारको अवार्ड, यही गीतबाट बसन्त सापकोटाले सँगीतकारको अवार्ड र यही चलचित्रबाट पुरुषोत्तम प्रधानले उत्कृष्ट छायांकारको अवार्ड हाँसिल गरे ।

हास्य अभिनेताको अवार्ड चलचित्र छक्का पञ्जा ३ बाट केदार घिमिरेले, चलचित्र छक्का पञ्जा ३ बाटै उत्कृष्ट सम्बादको अवार्ड दीपकराज गिरी÷केदार घिमिरे÷जितु नेपाल÷यमन श्रेष्ठले र चलचित्र छक्का पञ्जा ३ बाटै यो चलचित्रको पहिलो नमम्बरमा…गीतको कारोरिग्राफीबाट नृत्य निर्देशन तर्फको अवार्ड कविराज गहतरालले हाँसिल गरे ।

खलपात्रको अवार्ड चलचित्र कथा काठमाडौंबाट प्रमोद अग्रहरीले, सह अभिनेताको अवार्ड चलत्रिच साईलीबाट दयाहाङ राईले प्राप्त गरे । यस्तै साईलीको बगी रहे…गीतबाट हेमन्त रानाले उत्कृष्ट गायकको अवार्ड, चलचित्र सँगसँगैबाट अन्जु पन्तले गायिकाको अवार्ड हाँसिल गरिन् । द्धन्द्ध निर्देशकको अवार्ड चलचित्र भिजेनबाट शुक्रराज शाहले, ध्वनी मिश्रणको अवार्ड छक्का पञ्जा ३ बाट सुनयमान श्रेष्ठले र सँगारको तर्फको अवार्ड चलचित्र चक्करबाट श्याम लामाले प्रप्त गरे ।

सिजी क्रिटीक्स अवार्ड सँगीततर्फ न्हयु बज्राचार्यलाई, फेशनतर्फ ज्ञानी शोभा तुलाधर र सिजी क्रिटिक्स अवार्ड रँगमञ्जतर्फ सिर्जना सुब्बाले प्राप्त गरे । यस्तै गोदरेज नम्वर वन पपुलर च्वाईस अवार्ड स्वस्तीमा खड्काले हाँसिल गरिन् ।

जुरीको रोजाईमा चलचित्र हरीलाई जुरी अवार्डप्रदान गरियो । अवार्डको निर्णायकमा निर्देशक लक्ष्मीनाथ शर्मा, कलाकार हरिहर शर्मा, अशेष मल्ल, सम्पादक करुण थापा र गायिका तारा थापा थिईन् ।

निर शाह र सन्तु तामाङलाई दीर्घ योगदान सम्मान

समारोहमा अभिनेता, निर्मिाता, निर्देशक तथा गीतकार नीर शाहलाई १ लाख रुपियाँ सहित कलातर्पmको कीर्तिमय दीर्घ योगदान सम्मान २०७६ तथा मेकअप आर्टिष्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँ सहित पर्दापछाडीको कलाकारतर्फको किर्तिमय दीर्घ योगदान सम्मान २०७६ समर्पण गरीएको थियो ।

यी दुबै सिनेकर्मीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, कामनाका प्रेसिडेन्ट एवं सिईओ दिरेकलाल श्रेष्ठ, सिजी ईन्टरटेन्मेन्टकी प्रवन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी यो सम्मान समर्पण गरे । सम्मान प्रदान गरिँदा समारोहका सहभागीहरुले स्वस्फुर्त रुपमा उठेर सम्मान गरेका थिए ।

भरतलाल र पुष्कारलालको स्मृतिमा अवार्ड

दिवँगत समाजसेवी भरतलाल श्रेष्ठको स्मृतिमा यसैवर्ष स्थापना गरिएको भरतलाल ह्युम्यानिटेरियन अवार्डबाट पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई सम्मानित गरियो । दिवँगत अग्रज पत्रकार पुष्कारलाल श्रेष्ठको सम्झनामा स्थापित पुष्करलाल मिडिया अवार्डबाट इमेज ग्रुपका अध्यक्ष एवम् सञ्चार उधमी रामकृष्ण (आरके) मानन्धरलाई सम्मानित गरियो । यि दुबै अवार्डको राशी जनही एक लाख रुपैयाँ थियो ।

काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, कीर्तिपुर महानगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेश कृष्ण श्रेष्ठ र समिप श्रेष्ठले अवार्ड प्रदान गरेका थिए । कामना न्युज पब्लिकेशनका दिवँगत प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शन गर्दा अतिथिहरु भावुक भएका थिए ।

अवार्डमा गीत, सँगीत, नृत्य र प्रहसनको रौनक

कामना अवार्डको आकर्षक विभिन्न सेलिब्रेटी कलाकारहरुको प्रस्तुति थियो । उनीहरुले नृत्य, गायन र प्रहसनबाट अवार्डको माहौल निकै आकर्षक तुल्याए । कार्यक्रममा राजेश हमालको कार्यक्रम प्रस्तुतिबाट शुरु भएको कार्यक्रमलाई नरेश भट्राई र मन्दीरा ढुंगेलले अगाडि बढाएका थिए । बरिष्ट सँगीतकार शम्भुजीत बासकोटा, मदनकृष्ण श्रेष्ठ, तारा थापा, आनन्द कार्की, देविका वन्दना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा, प्रल्हाद तिमिल्सिना, प्रविशा अधिकारी, समीक्षा अधिकारीले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए ।

यस्तै अभिनेता भुवन केसीले छुट्टै गीत गाएर कार्यक्रम रोमाञ्चक तुल्याए । हास्य कलाकार राजा राजेन्द्र पोखरेलले अभिनेता राजेश हमाल र आनन्द कार्कीको सहयोगमा गरेको प्रहसनले दर्शक निकै हाँसे ।

अभिनेत्री मिथीला शर्माले एकल नृत्यबाट निरन्तर ताली पाईन । अर्को मेड्ले डान्समा गौरी मल्ल र नरेशविर सिंहका साथमा कोरियोग्राफर कविराज गहतराजले तालीमाथि ताली पाए । विनु शाक्य, यसराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए ।

तस्बिर : सरिता भारती