सेल्फी किङमा हास्य कलाकारको पीडामा विपिन


ब्युटी न्युज नेपाल
काठमाडौं, ८ पुष

आगामी २४ माघबाट रिलिज हुने चलचित्र सेल्फी किङमा अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको छ । । यसमा उनि शिर्ष भूमिकामा छन् । हरेक फिल्ममा च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन् रुचाउने विपिन यसमा कमेडियनको रुपमा प्रस्तुत भएका छन् ।

उनले कमेडी कलाकारको जीवनमा आउने उतारचढावलाई आफु मार्फत प्रस्तुत गरेका छन् । ‘सेल्फी किङ्ग’ नामले परिचित उनै हाँस्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथा यसमा देखाइनेछ ।

कमेडियनले गर्ने कमेडी देखेर त दर्शक हास्छन , तर उसको मन भित्र कति पिडा हुन्छ ? वा कस्तो स्थितिमा पनि उनले आफुलाई प्रस्तुत गर्नु पर्छ भन्ने परिस्थितिलाई पनि यसमा समेटिएको छ ।
’विशालले सुनाउदा फिल्मको कन्सेप्ट मन पर्यो, त्यसैले म निर्माताको रुपमा रहेर उसलाई डेब्यु गराएको हुँ’ दिनेशले भने । उनले कमेडि गर्ने आर्स्िटस्ट भित्रको पिडा र उसको परिस्थितिले दर्शकको मन छुने समेत विश्वास व्यक्त गरे ।’ फिल्मले मनोरंजन त दिन्छनै संगै एउटा आर्टिस्टको कथा पनि भन्छ’ उनले भने । यसमा शिर्ष भूमिकामा विपिनको अभिनय रहेको छ । विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ’जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्देशक राउत यसमा निर्माताको भूमिकामा मात्र छन् । ड्रामेडी (ड्रामा प्लस कमेडी) जनराको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गरेका हुन् । उनको यो डेब्यु फिल्म हो । कन्सेप्ट मन परेकै कारण आफु निर्माणमा आएको दिनेशले बताएका छन् ।

फिल्मको थियटर ट्रेलर रिलिज गरिएको छ भने केहि दिनमा युट्युबमा समेत रिलिज गरिनेछ । फिल्ममा बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहेको छ । यसमा सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला रहेका छन् ।